काठमाडौं शहरको फोहोरमैला व्यवस्थापनमा सहजीकरण गरिदिन माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन।

फोहोरमैला व्यवस्थापनका लागि बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गरी त्यहाँ फोहोर व्यवस्थापनको व्यवस्था मिलाउन सहजीकरण गरिदिन मेयर शाक्यले प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन।

काडमाडौं,काभ्रे,धादिङ र नुवाकोट जिल्लाको फोहोरको अन्तिम विसर्जन सिसडोलमा हुँदै आएको छ। तर अविरल वर्षापछि सडक बिग्रेकोले करिब एक महिनादेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन, सडकमा फोहोर थुप्रिएको छ। यसले अझ बाताबरण प्रदुषण हुने र अर्को समस्या उत्पन्न हुने खतरा पनि त्यतिकै छ ।

सरकारले निर्माण गरेको बन्चरे डाँडाको ल्याण्डफिल साइट हालसम्म पनि निर्माण नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुने गरेको मेयर शाक्यले बताए ।

तपाईको प्रतिक्रिया