क्रान्ति सुब्बा
.अन्ततः अमेरिकी सैनिकले दुई दशक लामो युद्धको सागालाइ समाप्त गर्दै तालिबानको हातमा सम्पूर्ण जिम्मेवारी छोडेर अफगान भुमि अगस्ट ३१ का दिन छोडेका छ्न।
सेप्टेम्बर ११ आक्रमणको केही हप्तापछि २००१ साल अक्टोबरमा यो युद्धको शुरुआत भएको थियो । त्यसबेला १९९६ देखि सत्तामा रहेका तालिबानले अलकाइडाका लिडर ओसामा बिन लादेनलाई शरण दिएको थियो ।

अलकाइडा जसले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनलाई ध्वस्त पारेको थियो जुन आतंककारी हमलामा एकैदिनमा करिब ३,००० अमेरिकी नागरिकले मृत्युवरण गरेका थिए ।
राम्रो मुखले बिन लादेनलाइ हस्तान्तरण गर्न अनुरोध गर्दा तालिबान सरकारले नमानेपछि अमेरिकाले सैनिक हस्तक्षेपद्वारा तालिबानलाइ सत्ताबाट हटाएको थियो । र सन २००४ मा नाटोको सहयोग लिएर अमेरिकाले नयाँ अफगान सरकार गठन गरेको थियो । तर तालिबानले आफ्नो नृशंस हमलालाई जारी राख्यो ।
अमेरिकी इतिहासको एउटा लामो युद्ध जहाँ करीब ५०,००० अफगान नागरिक, २,५०० अमेरिकी सैनिक ,६६,००० अफगान सैनिक र प्रहरी ,४५७ बेलायती सैनिक र ५०,००० तालिबान र प्रतिपक्षी लाडाकाले ज्यान गुमाए।
करिब २ खरब अमेरिकी डलर स्वाहा भएको यो एउटा यस्तो युद्ध हो जसलाई चार जना अमेरिकी राष्ट्रपतिले प्रत्यक्ष निगरानी गरे, दुई पुस्ता अमेरिकीले लडे ।
यो युद्धको अन्त यसरी भयो जहाँ महाशक्ति अमेरिकाले एउटा गुरिल्ला योद्धा सामु घुडा टेक्नु परयो । दशकौंदेखिका बडेमान प्रोजेक्टहरु केही दिनमा नै ध्वस्त भए।

तालिबान र अमेरिका बीच शान्ति वार्ता शुरु भएपछि फेब्रुअरी २०२० मा कतारमा बसेको बैठकले अमेरिकाले अफगानिस्तान छोडने सम्झौता भएको थियो ।
.दुई हप्ताको अवधिमा करिब १,२३,००० सर्वसाधारण नागरिकलाई अफगानिस्तानबाट निकासी गरेको तथ्य जेनेरल फ्र्यान्क म्याकेन्जिले भने।
.अमेरिकी सैनिकले अफगानिस्तान छोडेको घडीमा तालिबानी शक्तिले राजधानी काबुलमा बन्दुक पडकाएर उत्सव मनाए।
.अमेरिकाले यो मिसन बापत उच्च मुल्य चुकाएको ठहर जेनेरल म्याकेन्जीले गरेका छ्न।सन २००१ साल देखि अहिलेसम्ममा अमेरिकाले २,४०० जना भन्दा बढी सैनिक गुमाएको छ।

.अमेरिकी सैनिकले विमानस्थलमा आत्मघाती हमला गर्न हिडेका माथि ड्रोन मार्फत बम वर्षाउदा सर्वसाधारणले ज्यान गुमाएको केसलाइ अनुसंधान गरिरहेको बताएकोछ।
.आइतबारको ड्रोन आक्रमणबाट ६ जना बालबच्चा समेत गरेर जम्मा दस जनाको ज्यान गएको कुरा आफन्तले गरेकाछ्न। ६ वटा रकेट लन्चर र अन्य विस्फोटक पदार्थ रहेको कारलाइ हान्दा नजिकैको कारबाट निस्कदै गरेको बेला विस्फोटमा परि उनीहरुको ज्यान गएको थियो । र उनिहरु एउटै परिवारका सदस्य थिए ।
.सोमबारको दिन काबुल विमानस्थलमा पाँच वटा रकेटको वर्षा भएको थियो । एउटा रकेटलाइ अमेरिकी सैनिकले खसाल्यो, एउटा फेन्सलाइनमा खस्यो जसले केहि क्षति गरेन र अरु तीन वटा एयरपोर्ट बाहिर नै खस्यो।
.ईस्लामिक स्टेट खोरासनका मिलिटेन्टले उक्त रकेट वर्षाको जिम्मेवारी लिएकाछ्न।
.२५० जना जति अमेरिकी नागरिक अफगानिस्तानमा छोडिएकाछ्न।
.अहिले करिब २,००० जना कट्टर आइसिस लडाकु अफगानिस्तानमा सक्रिय छ्न। कतिपय लडाकुलाई तालिबानले जेल मुक्त तुल्याएका थिए । ती आइसिस लडाकु नै तालिबान शासनको लागि उत्तिकै खतरा हुनसक्ने आकलन हुन थालेको छ।
तालिबानले कुनै पनि आतंककारी समुहलाइ अफगानिस्तानको भुमिलाइ प्रयोग गर्न नदिने प्रण अमेरिका समक्ष गरेकोछ। तर तालिबान भर नपर्ने कुरा ब्लिन्कनले गरेका छ्न।
- पद्मालिंखा मगरको रचनामा ‘मेरा भगवान…’ सार्वजनिककाठमाडौँ — नयाँ नेपाली गीत ‘मेरा भगवान…’ सार्वजनिक गरिएको छ। गीतमा ” द भ्वाइस अफ किड्स सिजन ४ कि फाइनलिष्ट”गायिका…
- निर्देशक जस बहादुर याक्खाको नयाँ सृजना ‘परान’ सार्वजनिककाठमाडौँ — रे अफ मुनको प्रस्तुतिको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक गरिएको छ । गीतमा गायक रञ्जन राई र रोजिना…
- साताको तीन कविता – कवि कविता राईजन्म मिति- २०३८/४/८मा भोजपुरमा जन्मीएकी लेखक कविता राई नेपाली साहित्यको एक प्रभावशाली लेखक हुनुहुन्छ । जसका लेखनीले पहिचानको मुद्वालाई आफ्नो…
- हङकङ आगलागी-वाङ फुक कोर्टका फ्लाट धनीहरुले थप एक लाख डलर अनुदान पाउनेताई पो आगलागीबाट ध्वस्त वाङ फुक कोर्टका घरधनीहरूलाई सरकारले अतिरिक्त अनुदान हङकङ डलर एक लाख दिने घोषणा डिसेम्बर १२ तारीख…
- हङकङ आगलागी- मृत्यु हुनेको संख्या १६०, बेपत्ता हुनेमा ६ जना मात्र बाकी,जिवित बिरालो,कछुवा भेटिएहङकङ । आगलागीबाट प्रभावित वाङ फुक कोर्ट साफसफाइको दोस्रो चरण समाप्त भएको जानकारी प्रहरी आयुक्त जो चउले डिसेम्बर ९ तारीख…





