धरान / नेपाली चलचित्र क्षेत्रका पुराना चर्चित निर्देशक दिपक श्रेष्ठ अहिले फेरि निर्देशन तथा संचार क्षेत्रमा सक्रिय हुदैछन। नेपाल टेलिभिजन तथा रेडियोमा संचारकर्मीको रुपमा समेत  काम गरिसकेका निर्देशक दिपक श्रेष्ठ अहिले हरेक दिन रेडियो एनआरएन ९९.१ मा बिभिन्न सेलिब्रेटीहरु संग को कुराकानी प्रस्तुत गर्ने गर्दछन् भने चांडै नायिका केकी अधिकारीको प्रमुख भूमिका रहने चलचित्र घिन्तांगको निर्देशन गर्दैछन।

म्युजिक भिडियो निर्देशनमा समेत हात हालेका निर्देशक दिपक श्रेष्ठको निर्देशनमा “जोड घटाउ ” बोलको गीतको भिडियो निर्माण भएर रिलिज समेत भएको छ।

चिकित्सा पेशाको चर्चित नाम तथा बिराटनगर निवासी गायक मन्जिल श्रेष्ठ र चर्चित गायिका स्मिता दाहालको स्वर रहेको गीतमा नाजीर हुसेन र सिम्पल खरेलको अभिनय रहेको गीतको शब्द दिनेश थपलिया , संगीत भिम बिसी, संगीत संयोजन उदयराज पौडेलको  रहेको छ भने नृत्य निर्देशन शिशिर खाती र सम्पादन मनोज कार्कीको रहेको छ। एट के एभरेस्ट मोसन पिक्चरको युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतको भिडियोले राम्रो रेस्पोन्स पाइरहेको छ। निर्देशक श्रेष्ठ चाँडै  नै अन्य म्युजिक भिडियोहरु बनाउने क्रममा छन्।

म्युजिक भिडियो लिङ्क

 

तपाईको प्रतिक्रिया