काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता राम्रचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनमा आफूहरूको तर्फबाट सभापतिमा एउटै उम्मेदवार बनाएर जाने घोषणा गरेको छ । आज बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरी पौडेलले पार्टी र लोकतन्त्र बचाउन विचार मिल्ने समूहबाट साझा उम्मेदवारी दिने बताए ।

पौडेलले आपसमा केही खटपट नगरिकन एकताबद्ध भएर पार्टी बचाउनका लागि, लोकतन्त्रको रक्षाका लागि १४ औं महाधिवेशनको अन्तिमसम्म आफूहरुको एकता अटुट रहने बताए ।

व्यक्ति अहिलेसम्म किन नतोकिएको भन्ने पत्रकारको प्रश्नमा पौडेलले व्यक्ति को भनेर तोक्नलाई केही समय बाँकी राखेको र केही समयपछि यो निर्णयमा पुग्ने बताए ।

नेता अर्जुननरसिंह केसीले आफूहरूको उपस्थितिलाई नै विश्वास गर्न आग्रह गरे । उनले आफ्ना सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति पनि असन्तुष्टि जनाए । सरकारले नयाँ किसिमले उत्साह दिन नसेको उनको टिप्पणी थियो ।

तपाईको प्रतिक्रिया