काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६ सय १९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा बिहीबार थप १ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६५ हजार ९ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ९९२ परीक्षणबाट ३८५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ६५० परीक्षणमा २ हजार ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ४६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २१ हजार १ सय ८२ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३३ हजार ९ सय ४६ रहेको छ ।

तपाईको प्रतिक्रिया