२ सेप्टेम्बर २०२१ हङकङ । नरजित राई।

किरात राई चाम्लिङ  खाम्वातिम ङयामे चिमे (महिला) बिभाग हङकङले पाचौं तयामा खियामा दिवस २९ अगस्त २०२१ का दिन जोडर्नमा स्थित बगैंचा रेस्टुरेन्टमा भब्यताकासाथ समपन्न गरेकोछ।
किरातीहरुको  उदगम कालमा किरात पातेसुङका श्रीमति दिलिदुमबाट तयामा खियामा र रैछाकुलेको जन्म भएको बारे लामो किंवदन्ती  रहेकोछ।
ङयामे चिमे (महिला) बिभागका अध्यक्ष जयन्ती राईको अध्यक्षामा सम्पन्न भएको कार्यक्रमका मुख्य अतिथिमा किरात राई चाम्लिङ  खाम्वातिम, हङकङका अध्यक्ष कल्पना राई रहनु भएका थियो। संस्थाका सदस्य कृष्णकला राईले स्वागत मन्तव्य  गर्नु भएको उक्त कार्यक्रमको संचालन संस्थाका सचीव  प्रतिमा राईले गर्नु भएको थियो।
हङकङमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि तथा किराया हङकङका भाषिक संस्थाका अध्यक्षलाई आसन ग्रहण गराईएको थियो। प्रमुख अतिथि र अध्यक्षले दियोमा बत्ति बालेर कार्यक्रमको उदघाटन गरिएको उक्त कार्यक्रममा पवित्रा  राईको नेत्तृत्वमा साकेला शिली  नाचले सहभागिहरुलाई स्वागत गरिएको थियो।
  किरात प्रथम चेलि तयामा खियामा बारे किरात प्रज्ञा प्रतिष्ठान , हङकङका कुलपति शशिमदन राईले प्रष्ट  पार्नु भएको थियो। उहाँले लेख्नु भएको तयामा खियामा किंवदन्ती  पुस्तकलाई बितरण पनि गरिएको थियो।

सो कार्यक्रममा किरात राई चाम्लिङ  खाम्वातिमका निबर्तमान अध्यक्ष पवित्रा  राई, जनजाति महासंघ, हङकङका अध्यक्ष किसन राई, पबिता पुमा राई,रामली  राई,रिता गुरुङ,अनु राई,मनि साम्पाङ, किन्दर राइ, बसन्त कुमारि राई, आदिले तयामा खियामा को हुन भन्नेबारे बोल्नु भएको थियो।

पाचौं तयामा खियामा दिवस कार्यक्रममा सनिमाया राई, नन्द रुपा राई, गोमा देवी  राई, मदन कुमारी  राई, र वसन्त  कुमारी  राईलाइ बर्कि ओडाएर सम्मान गरिएको थियो। किरात भेषभुषामा उत्कृष्ट  हुनुभएका हित बहादुर कोयि, मिहाङ वान्तावा, रेनुका थुलुङ, सिमा बान्तवा राईलाई पाचौं तयामा खियामा दिवस आयोजकको तर्फबाट कदर पत्र दिई सम्मान गरिएको थियो। यो बर्ष कोरोना भाईरस प्रकोपको कारणले भेषभुषा प्रदर्शनी  प्रतियोगितालाई स्थगन गरिएको थियो।

स्मरण रहोस, किरात राई चाम्लिङ  खाम्वातिम हङकङको अभिन्न अंग ङयामे चिमे (महिला) बिभाग पनि एक हो। किरात राई चाम्लिङ  खाम्वातिम हङकङलाई अगाडि बढाउन चाम्लिङ राई दिदि बहिनिहरुको निकै ठूलो योगदान तथा भूमिका रहेको छ। ङयामे चिमे (महिला) बिभाग बिनाको किरात राई चाम्लिङ खाम्वातिम हङकङ अपुरो नै हुन्छ।  २६ अप्रिल २०१५ आईतबारका दिन ङयामे चिमे (महिला) बिभागको बिधिवत रुपमा कल्पना राईको अध्यक्षतामा गठन भइ २०१६ सेप्टेम्बर ४ का दिन प्रथम तयामा खियामा दिवस हङकङमा मनाउन सुरुवात गरिएको हो।

तपाईको प्रतिक्रिया