नेकपा ‘एमाले’का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने बताएका छन् । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हट्नु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने बताएका हुन ।

नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे । ज्ञावलीले भने परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरी फर्कने छौं।

प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको र दल फुटाउनको निम्ति लोकतन्त्र विरोधी गतिविधि गरेको, बर्तमान सरकारले मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेको प्रति चर्को आलोचना गरेका थिए ।

तपाईको प्रतिक्रिया