पहिलो चरणमा क्रियाशील सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गरिएका जिल्लाहरूमा आज वडा अधिवेशन गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताएका छन।

निर्वाचन प्रक्रिया सुरू भएका जिल्ला गणना गरिएका हुन्। जिल्लाभित्र रहेका कुन कुन वडामा सर्वसम्मत र कहाँ कहाँ निर्वाचनबाट सभापति लगायतका पदाधिकारीहरु चुनिए भन्ने विवरण आउन भने समय लाग्ने बताइएकोछ।

कांग्रेस केन्द्रीय समितिले बनाएको महाधिवेशन कार्यतालिकामा भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडाहरूमा एकैदिन अधिवेशन गर्ने भनिएको थियो। तर ५६ जिल्लाका क्रियाशीलको मात्रै नामावली सार्वजनिक भएको कारण आज केही जिल्लामा पनि आज अधिवेशन हुन सकेन बिधान सम्बत हेर्ने हो भने भदौ २६ गतेभित्र वडा अधिवेशन गरि सक्नुपर्ने र भदौ २७ गतेभित्र गाउँरनगर अधिवेशन गर्नु पर्ने छ ।

तपाईको प्रतिक्रिया