नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले एमसिसी नेपालका लागि घातक हुने बताएका छन् । नेता–कार्यकर्ताहरूसँग अन्तर्क्रियाका लागि देशव्यापी अभियानका क्रममा जुम्ला पुगेका नेता बाँस्तोलाले एमसिसी पारित गर्नु भनेको नेपाललाई काबुल बनाउनु भएको उल्लेख गरे । बाँस्तोलाले कुनै पनि हालतमा नेपालमा एमसिसी पारित गरी लागू गर्न नहुने बताए ।

अमेरिकाले नेपालमा एमसिसी कार्यान्वयनमा ल्याएर चीन र भारतलाई टुक्य्राउन खोजेको बताए । उनले भने, ‘चीन र भारतलाई टुक्य्राउने आधार नेपाललाई बनाउन खोजेको हो । यो प्रस्ट छ । भोलि नेपालमा काबुलको जस्तो घटना हुने हो । त्यसका लागि अहिले सरकार, नेता, कार्यकर्ता र नागरिक सचेत हुन आवश्यक छ ।’

नेता बाँस्तोलाले मुख्य समस्या भनेकै वर्तमान राजनीतिक समस्या भएकाले संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नगरी विप्लव सरकारमा सहभागी नहुने दाबी गरे । नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया