तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन । उनले अबको दिनमा अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन ।

बिहीबार प्रकाशित भएको एक अन्तर्वार्तामा मुजाहिदले भनेका छन्, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो । हाम्रो लागि उसले अवसर दिन गइरहेको छ । चीन अफगानिस्तानमा लगानी र निर्माणको लागि तयार छ ।’तालिबानले चीनलाई युद्धग्रस्त मुलुकको पुनर्निर्माणको लागि आग्रह गरेको छ ।

३१ अगष्टबाट अफगानिस्तानबाट सबै विदेशी सैनिक फिर्ता गइसकेका छन् र तालिबानले सरकार बनाउने प्रक्रिया सुरु गरेको छ । बर्तमान समयमा अफगानिस्तान आर्थिक र खाद्य संकटको सामना गरिरहेको छ ।

न्यु सिल्क रोड वा वान बेल्ट वान रोडले चीन, अफ्रिका, एसिया र युरोपलाई जोड्नेछ र यो कार्यक्रममा बन्दरगाह, रेलवे, सडक र औद्योगिक पार्क बन्नेछन् ।’ मुजाहिदले भने अफगानिस्तानमा तामाको ठूलो भण्डार छ र अफगानिस्तानको यो खानी तालिबानले चीनलाई हस्तान्तरण गर्न सक्छ । चीनले अफगानिस्तानको खानीलाई आधुनिकीकरण गर्ने बताउदै मुजाहिदले महिलालाई विश्वविद्यालयमा पढ्ने अनुमति हुने, नर्स र प्रहरीमा पनि काम गर्न सक्ने बताएका छन् तर उनले महिलालाई कुनै मन्त्रालयको जिम्मेवारी भने नदिइने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया