राष्ट्रपति विद्यादेवी भण्डारीले सङघीय संसदका दुवै सदनको बैठक आह्वान गरेकी छन । बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ ।

सो बैठकमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनुको साथै आगामी अधिवेशनमा सरकारले अध्यादेश मार्फत ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।

तपाईको प्रतिक्रिया