बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु सरकारले गठन गरेको उच्चस्तरीय छानबिन कार्यदलले प्रतिवेदन बुझाएको एक महिना बितिसके पनि आफूहरुको माग सम्बोधन नभएपछि फेरि आन्दोलनमा उत्रेका छन् ।

आन्दोलनरत पक्षसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको एक महिना पूरा भएको छ तर, सरकारले कार्यदलको प्रतिवेदनमा दोषी औंल्याइएका पदाधिकारीहरुलाई कारबाही गर्न चासो नदेखाएको आन्दोलनकारीहरुको भनाइ छ ।

सरकारले छानबिनमात्र गर्ने र प्रतिवेदन कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोर्याएको कारण आन्दोलनलाई थप कडा बनाउनु परेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयुक्त संघर्ष समिति सहसंयोजक डा विष्णु पोखरेलले बताएका छन् ।

तपाईको प्रतिक्रिया