६ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा १२ वर्ष मुनिका बालबालिकाको खोप लाउने पालो आएको छैन । यस मानेमा हङकङ बाहिरबाट  खोप नलगाएका १२ वर्ष मुनिका बालबच्चा हङकङ  आउनु परेमा क्वारेन्टाइनका प्राबधान के कस्ता छन चासो हुनु स्वाभाविक छ। हङकङका परिचयपत्रबाहक अभिभावकले साथमा बालबालिकालाई ल्याउदा कस्ता कोभिड प्राबधान छ्न बुझ्न चाहन्छन नै। जसबारे हङकङ सरकारको वेबसाईटमा के छ नियम भन्ने कुरालाई यहाँ स्पष्ट पार्न खोजिएको छ।

हाइ रिस्क ग्रुप ए बाट आउने बालबच्चा

हङकङ सरकारको खोप लाउने समुहभित्र नपरेका १२ वर्ष मुनिका बालबच्चालाई पनि अगस्ट ९ तारिखबाट  हङकङ प्रवेश गर्ने अनुमती प्रदान गरेकोछ। उच्च जोखिमयुक्त स्थानबाट  हङकङ प्रवेश गर्ने बालबच्चा योग्य व्यक्तिको  साथमा हुन जरुरी छ।

योग्य व्यक्ति भनेको हङकङको बासिन्दा हुनु परयो। पुर्ण मात्रा खोप लगाएको हुनु परयो। मान्यता प्राप्त  खोप प्रमाणपत्र साथमा हुनु परयो।  जहाजमा बोर्डिङ हुँदा चाहिने सम्पूर्ण प्राबधान पूरा गरि यी योग्य हङकङ वासिन्दाले  आफ्नो १२ वर्ष मुनिका छोराछोरीलाई हङकङ आउँदा साथमा ल्याउन सक्दछ्न।

  बच्चा जसको साथमा हङकङ प्रवेश गरेको हो उसैसंग निर्धारित  होटेलमा अनिवार्य २१ दिन क्वारेन्टाइनमा बस्नु पर्दछ।  र हङकङ प्रवेश गरेको २६ औं दिनमा अनिवार्य कोभिड टेस्ट गर्नु पर्दछ ।

मिडियम रिस्क ग्रुप बी र लो रिस्क ग्रुप सीबाट  आउने

मिडियम रिस्क ग्रुब बी र ताइवान अथवा लो रिस्क ग्रुप सी अन्तर्गत तोकिएका स्थानबाट  १२ वर्ष मुनिका हङकङ बासिन्दा र गैर हङकङ बासिन्दा दुबै हैसियतका बालबालिका हङकङ प्रवेश गर्न सक्छन।
उक्त बालबच्चा पुर्ण मात्रा खोप लगाएका व्यक्तिसंग हङकङ आएको हुनुपर्छ । पुर्ण खोप लगाएको व्यक्तिले जहाजमा बोर्डिङ हुनु पुर्व चाहिने सम्पूर्ण शर्त पूरा गर्नु पर्ने छ।
बालबच्चा जोसंग आएको हो उहीँ  व्यक्तिसंग निर्दिष्ट होटलमा अनिवार्य क्वारेन्टाइन तोकिएको अबधि सम्म बस्नु पर्दछ।

अभिभावकको क्वारेन्टाइन अबधि सकिएपछि निजसंग रहेको नावालक पनि नियमले भेटे अनुसार एकान्तवास( स्वनिगरानी )  अर्थात  सेल्फ आइसोलेसनको लागि घर फर्कन सक्दछ।
ग्रुप बी र ताइवानबाट भ्याक्सिन नलगाई आउनेले २१ दिने क्वारेन्टाइन अबधिलाई  अनुसरण गर्नु पर्दछ। र ग्रुप सीबाट भ्याक्सिन नलगाई आउनेले १४ को समय सिमालाइ अनुशरण गर्नु पर्दछ।

ध्यान दिनु पर्ने केही कुराहरू

(क) निर्धारित होटेलमा   नाबालिकका साथमा अनिवार्य क्वारेन्टाइन बसेका सबै व्यक्तिले खोपको पुर्ण मात्रा लगाएको हुनु पर्दछ।

(ख) निर्धारित क्वारेन्टाइन होटेलबाट घर जाने उदेश्यले सार्वजनिक सवारी साधन प्रयोग गर्ने अवस्था आएमा साथमा रहेको नाबालिक र वयस्कले केवल ट्याक्सी मात्र प्रयोग गर्न सक्दछ र बीच बाटोमा ट्याक्सीबाट उत्रन पाइने छैन।

(ग) नाबालक र उनको साथमा रहेको व्यक्ति जुन घरमा होम आइसोलेसनको लागि  बसेका हुन्छ्न त्यस परिवारका १२ वर्ष पुगेका वा माथीका सबै सदस्यले खोपको पुर्ण मात्रा लगाएको हुनु पर्दछ। यदि परिवारमा  अरु पनि १२ वर्ष ननाघेका नाबालिकहरु छ्न भने उनिहरु पनि सोही समयमा आइसोलेसनमा जानू पर्दछ।

(घ) साथमा रहेको खोप नलगाएको नाबालक र परिवारमा रहेका अन्य नाबालकहरुले पुर्ण मात्रा  भ्याक्सिन नलगाएका अरु कसैसँग भेट्न पाउने छैन ( एउटै घरमा एउटै परिवारका घरमै आइसोलेसनमा बसेका बालबच्चालाई बाहेक ) ।

(ङ) साथमा रहेको बच्चा र उनिसंगै स्व निगरानी अर्थात  होम आइसोलेसनमा रहेका परिवारका सबै सदस्यहरुले तोकिएको  अनिवार्य कोभिड परिक्षण गराउनु पर्दछ। निर्धारित क्वारेन्टाइन होटेलमा सात दिने क्वारेन्टाइन व्यतीत गरेकाले हङकङ आएको ९औं ,१२ औं , १६ औं  र १९ औं  दिनमा अनिवार्य कोभिड टेस्ट गर्नु पर्नेछ ।

निर्धारित क्वारेन्टाइन होटेलमा १४ दिने क्वारेन्टाइन व्यतीत गरेकाले हङकङ आएको   १६ औं  र १९ औं  दिनमा अनिवार्य कोभिड टेस्ट गर्नु पर्नेछ ।
१२ वर्ष वा सो भन्दा माथिका सबै परिवारका सदस्यहरु स्व निगरानीमा बसेको १९ औं दिनमा कम्युनिटी टेस्टिङ सेन्टरमा गएर अनिवार्य कोभिड परिक्षण गराउनु पर्दछ।

(च) अभिभावकका साथमा हङकङ आएका बालबच्चाको लागि संबंधित सरकारी बिभागले विद्युतीय हातेचुरा ( इलेक्ट्रोनिक रिस्टबेन्ड) उपलब्ध गराउनेछ। तर ६ वर्ष मुनिकोलाई यो चुराको आवश्यकता पर्दैन।

पुर्ण मात्रा खोप भनेको के हो?

हङकङ सरकारको आधिकारिक वेबसाईटमा यस विषयमा यसरी स्पष्ट पारिएकोछ। कोभिड-१९ खोपको कोर्स पूरा गरेको १४ औं दिन  पुगेपछिको पहिलो दिन अर्थात सोझो गन्दा १५ औं दिनलाई पुर्ण खोप लाएको पहिलो दिन मानिन्छ ।
उदाहरणको निम्ति एकजना कोरोना संक्रमित नभएको व्यक्तिले कोभिड- १९ भ्याक्सिनको अन्तिम मात्रा मे १० तारीख २०२१ मा लगाएकोछ भने ११ तारीख मेलाई  “पहिलो दिन” मानिन्छ। तदनुसार उनको “१४ औं दिन” मे २४ तारीखलाई मानिन्छ। फलतः मे २४ तारीख उप्रान्त सो व्यक्तिलाई  पुर्ण खोप लाएको व्यक्तिको रूपमा गणना गरिन्छ ।

तपाईको प्रतिक्रिया