काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । कांग्रेस संस्थापक बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भमा आज सुन्दरीजल पुगेका शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

अधिवेशन आउन धेरै दिन बाँकी नरहेको र फेरि अधिवेशनको मुखैमा मात्र उम्मेदवारी घोषणा गरेर पनि राम्रो नहुने भन्दै शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेको बताए ।

देउवाले पनि सभापतिमा आफै उम्मेदवार बन्ने भनिसकेका छन् । तर, उनको महामन्त्री वा कुन पदमा को–को उम्मेदवार बन्ने भन्ने टुंगिएको छैन ।

१४ औँ महाधिवेशनबाट कांग्रेसले दुई जना महामन्त्री निर्वाचित गर्ने नयाँ वैधानिक व्यवस्था गरेको छ । यसअघि युवा नेताहरु गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । शर्माले १३ औँ महाधिवेशनमा खुलातर्फ १ हजार ६ सय २० मतसहित १६औँ स्थानमा केन्द्रीय सदस्य जितेका थिए । उनलाई सभापति देउवाले पार्टीको प्रवक्ता मनोनीत गरेका थिए ।

तपाईको प्रतिक्रिया