काठमाडौं । अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प्रतिनिधिमण्डलले आज राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने भएको छ ।

आज बिहान काठमाडौं उत्रिएको सुमार नेतृत्वको टोलीले आजै अमेरिकी राजदूत बेरीसँग पनि भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

त्यस्तै आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास भक्तपुरको बालकोटमा भेट्ने कार्यक्रम रहेको र ओलीसँग भेटेपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । अनुदान सम्झौतालाई लिएर नागरिक तथा सत्तारुढ गठबन्धनबीचमै मतभेद कायमै रहँदा समर्थन जुटाउन सुमार काठमाडौं आएकी हुन् ।

तपाईको प्रतिक्रिया