काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

 

गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रणी भूमिका खेलीसकेकी गुरुङ कोरियामा स्थापित दर्जनौ संघ संस्थाका संरक्षक र सल्लाहकार समेत छिन् । गुरुङ कोरियाको नेपाली समुदायमा निकै नै चर्चित छिन् त्यसैको मूल्यांकन गरी कोरियन सरकारले समेत मानार्थ नागरिकताबाट जुनुलाई सम्मान गरेको थियो ।

सन् २०१० देखि २०१४ सम्मको समयमा कोरियाको एक मात्र महिलाहरुको साझा संस्थाको रुपमा रहेको वेमन फर वेमन (महिलाको लागि महिला) को संस्थापक अध्यक्षमा रहँदा जुनु गुरुङले कोरियामा समस्यामा परेका धेरै महिलाहरुलाई उद्दार गर्ने कार्य गरेकी थिइन् । विशेष गरी नेपालबाट म्यारिज ब्यूरो गरी कोरिया जाने महिलाहरुले कोरिया पुगेपछि धेरै नै समस्या झेल्नुपर्ने अवस्थामा पुगेका महिलाहरुलाई उद्दारदेखि लिएर उनीहरुको समस्या समाधान गर्न रातदिन नभटी खटिई उनीहरुको समस्याको समाधान गर्न अग्रणी भूमिका निर्वाह गरी आफ्नो बेग्लै समाजसेवीको परिचय दिइसकेकी छिन् गुरुङले ।

गुरुङले कोरियामा समस्या परेर दुःख पाएका झण्डै एक हजारभन्दा बढी नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई उद्दार गर्ने कार्य गर्नुका साथै निःशुल्क सेल्टरको व्यवस्था गरी उनीहरुलाई त्यही राख्ने व्यवस्था समेत गर्दै आइरहेकी छिन् । बेरोजगार, विरामी, असहाय नेपाली दिदी बहिनी तथा दाजु भाईहरुलाई सेल्टरमा राखी प्रत्येक महिनाको एक पटक निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्य गुरुङबाटै सुरु भएको थियो । कोरियामा दुःख पाएर बसिरहेका नेपालीहरुको लागि भगवान सावित बन्दै आएकी गुरुङले कोरियन भाषा नजान्ने नेपालीहरुलाई निःशुल्क रुपमा कोरियन भाषा सिकाउने क्लासको व्यवस्थासमेत गरी उनीहरुलाई कोरियन भाषा बोल्न र बढ्न सक्ने बनाउन अहम भूमिका निर्वाह गर्दै आइरहेकी छिन् ।

त्यसैगरी, जुनुले नेपाली चाडपर्वहरुलाई मध्यनजर गरी नेपालमा मनाईने हेरक चाडपर्वहरु नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई भेला गरी नेपाली संस्कृति झल्कने कार्यक्रम आयोजना गरी नेपालमै बसेर चाडपर्व मनाएको अनुभूति दिलाउँदै आइरहेकी छिन् ।

यसरी कोरियामा रोजगारको सिलसिलामा पुगेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई मनोरञ्जन दिने उद्देश्यले खेलकुद, विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि गर्दै आइरहेकी छिन् । यस्तै समाजसेवी भावना राखी समाजसेवा गर्दै आइरहेको देखेर कोरियन सरकारले विदेशमा रहेका महिलाहरुमध्ये जुनु गुरुङलाई पहिलो महिलाको रुपमा उच्च मनार्थ सिटिजन सिपबाट सम्मानित गरेको थियो ।

सेवा नै धर्म हो भन्ने भावनाका साथ अगाडि बढेकी जुनु गुरुङले विदेशमा रहेका दिदी बहिनी तथा दाजुभाईलाई मात्र नभई नेपालमा भएको दैविक विपत्तिदेखि लिएर नेपाली जनतालाई परेको समस्याको घाउमा मल्हम लगाउने काम पनि गर्दै आइरहेकी छिन् । गुरुङले २०७२ सालको नेपालमा आएको विनासकारी महा—भूकम्पको बेला नेपालीहरुलाई परेको आपतविपत्तमा कोरियामा नै रहेर करोडौं रुपैयाँ बराबरको राहत उपलब्ध गराएकी थिइन् । गुरुङले कोरियाबाटै विभिन्न संघसंस्था, एनआरएनएलगायतको सहकार्यमा नेपालीहरुलाई परेको आपतविपत्तमा करोडौं रुपैयाँ सहयोग गरी उनीहरुलाई परेको विपत्तमा मल्हम लगाउने कार्य गरेकी थिइन् ।

 

गुरूङले अन्तर्राष्ट्रिय समन्वय समिति एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक (२०१७–२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९–२०२१) हँुदै गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेर विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सहयोग गर्दे आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकी थिइन् । यस्तो सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ अगाडि बढेकी जुनु गुरुङले अक्टोबरमा हुने एनआरएनए आईसीसीको महिला संयोजकमा उम्मेद्वारी दिने तयारीमा छिन् । उनको उम्मेदवारी दिने तयारी भएको थाहा पाएपछि विदेशमा रहेका नेपाली प्रवासी दाजुभाई तथा दिदी बहिनीहरु जुनुलाई जिताउने उत्सुकताका साथ लाग्ने देखिएको छ ।

महिला संयोजक हुँदा एशियाका ९ वटा देशका एनआरएनए एनसीसीहरुमा नै महिला फोरम गठन गरेर सो क्षेत्रमा महिलाहरुलाई एक्टिभ गराउन सफल गुरुङ अब महिला उद्यमशिलताको बिषयलाई लिएर उम्मेदवारी दिने भएकी छिन् । गूरुङको कार्यकालमा एशिया प्रशान्त क्षेत्रको पहिलो र दोश्रो महिला भेला÷बैठक गराउनसमेत सफल बनेकी थिइन् । सोही अनुभवलाई लिएर गुरुङले एनआरएनए आईसीसी महिला संयोजकमा काम गर्ने उद्देश्यका साथ आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
अब एनआरएनमा महिला सांगठनिक सुदृढीकरण, एनआरएनमा महिला समावेशी, एनआरएनमा महिला नेतृत्व बिकास, एनआरएनमा महिला सशक्तिकरण र एनआरएनमा महिला उद्यमशिलता लगायत ५ मुख्य एजेन्डा र अहिले मुख्य आवश्यकता रहेको गुरुङको भनाई रहेको छ । गुरुङ कुल आचार्यको प्यानलबाट उम्मेदवारी दिने भएकी छिन् ।

 

कोरियामा रही रेष्टुरेन्ट क्षेत्र, मार्ट, नेपालमा विभिन्न व्यवसायहरु संचालन गर्दै आइरहनुका साथै जलविद्युत, शिक्षा र हस्पिलिटी क्षेत्रमासमेत गुरुङको लगानी रहेको छ ।

आईसीसी महिला संयोजकका लागि उम्मेद्वार बनेकी गुरुङ भन्छिन्– ‘म महिलाका साथै व्यवसायी पनि भएकाले महिला दिदीबहिनीहरुको समस्यासँग धेरै नजिकबाट परिचित छु । महिला दिदीबहिनीहरुको सम्पूर्ण समस्याहरू समाधानको माध्यम बन्न चाहन्छु । महिलाहरूको हकहितको आवाज सशक्त रुपमा उठाउन, महिलाहरूको आर्थिक तथा व्यवसायिक जीवन बलियो बनाउनका लागि एवम् महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितताको लागि मेरो उम्मेदवारी रहेको छ ।’

गुरुङले गैर आवासीय नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई महिला फोरम संयोजक पदमा मतदान गरी बहुमतका साथ विजयी गराई सेवक बन्ने मौका प्रदान गर्न अनुरोध गरेकी छिन ।

तपाईको प्रतिक्रिया