बुधबार महिला सुरक्षा दवाव समुहको १६ औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष श्री कल्याणी शाहको अध्यक्षतामा सम्पन्न भयो ।

संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार सावित्री थापाले पानसमा बत्ती बाली उद्घाटन गरेको कार्यक्रममा अथितीहरुलाई संस्थाका उपाध्यक्ष श्री ईरादा गौतमले स्वागत महासचिव श्री बिजया श्रेष्ठ केशीले महासचिवको वार्षिक प्रतिवेदन , बिमला तुम्खेवाले आर्थिक वर्ष २०७७-७८ को आर्थिक प्रतिवेदन र कार्यक्रम संस्थाको केन्द्रीय सदस्य सीता ओझाले संचालन गर्नु भएको थियो ।

दुबै प्रतिवेदन सुनाई सकेपछि दुबै प्रतिवेदनहरु माथी छलफल गरी सर्वसम्मतले पारित गरेको थियो। महिला सुरक्षा दवाब समुह स्वार्गीय साहना प्रधानले लामो समयसम्म नेतृत्व गरेको संस्था हो ।आफ्नो स्थापनाकालदेखि नै महिलाको बिषयमा केन्द्रीत रहेर काम गर्दै आएको यो संस्था दुई दशकभन्दा लामो समयदेखि सकृय छ ।

तपाईको प्रतिक्रिया