काठमाडौं। नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन । आज मात्रै सिटौलाले सभापति देउवासँग महाधिवेशनमा सहकार्य गर्ने लक्ष्यसहित भेटवार्ता गरेका छन् । १४औं महाधिवेशनको संघारमा सिटौला मौन थिए ।

आफ्नै समूहका प्रभावशाली नेता गगन थापाले सल्लाह नै नगरी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्री उठ्ने घोषणा गरेपछि सिटौला अहिले देउवाको कित्तामा खुलेका छन । सिटौलाले यसपटक सभापतिमा देउवालाई नै सघाउने भएका हुन ।

देउवासँगको भेटवार्तामा सिटौलाले अधिकांश समय गगन थापाको आलोचना गरेको स्रोतले जनाएको छ । सिटौला थापासँग रुष्ट छन । थापाले आफूसँग सल्लाह नै नगरी पौडेल समूहमा गएको र महामन्त्रीमा उम्मेद्धवारी दिएको भन्दै उनलाई अवसरवादी र स्वार्थी नेताको संज्ञासमेत दिएका छन ।

सिटौलाले आफूले गगन थापालाई धेरै अवसर दिएको र स्वास्थ्यमन्त्रीसमेत बनाएको तर थापाले भने धोका दिएको निश्कर्ष निकालेका छन । देउवासँगको भेटवार्ता सकारात्मक भएको सिटौला समूहका एक नेताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया