गीतकार दीपक पाठकको हृदयस्पर्शी गीत ‘दैवको लिला ‘ सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वर रहेको गीतमा रचनाकार पाठकले मानव जीवनमा आइपर्ने यथार्थ भोगाइलाई समेटेर शब्द कोर्नु भएको छ भने संगीत पक्ष पनि त्यतिकै शब्दलाइ न्याय दिने सशक्त रहेको छ  । गीतमा रामभक्त जोजेजुको नै एरेन्जमेन्ट रहेको छ ।


 ‘दैवको लिला ‘ को भिडियोमा सर्वप्रिय नायक सरोज खनाल र सुरबीर पण्डितको जिवन्त अभिनय रहेको छ । टेकेन्द्र शाह कृएटिभ हेड रहेको भिडियोमा रामकुमार केसीको सिनेमाटोग्राफी र हेम प्रभास अधिकारीको निर्देशन रहेको छ । भिडियोलाइ  डीबी इन्टरटेन्टको युट्युब च्यानल (DB Entertainment) बाट  बुधबार सार्वजनिक गरिएको हो ।
यसअघि पनि यसै च्यानल मार्फत गीतकार दीपक पाठकको शब्द र किरण देवकोटाको संगीतमा धेरै गीतहरु आइसकेका छ्न भने आगामी दिनमा पनि धेरै गीतहरु आउने तयारीमा गीतका कामहरु भइरहेको जनाइएको छ

भिडियो क्लिप

तपाईको प्रतिक्रिया