काठमाडौ ।हिन्दु धर्मावलम्वीहरुको महान पर्व विजया दशमीलाई लक्षित गर्दै आयो दशैं बोलको गीत सार्बजनिक भएको छ । गायक कौशलराज खड्का तथा गायिका अनामिका चौलागईको स्वरमा रहेको यस गीतको भिडियो सार्वजनिक भएको हो । विजया दशमी तथा दिपावली पर्वले भित्राएको उत्साह, उमङग तथा वेदनालाई गीतमा समावेश गरिएको छ । वरिष्ठ रंगपत्रकार तथा गीतकार शान्तिप्रियको शब्द रहेको यस गीतमा दिपक शर्माले संगीत भरेका छन भने राजेन्द्र वजगाईको संगीत संयोजन रहेको छ ।

निकै आकर्षक रुपमा प्रस्तुत गरिएको यस गीतको भिडियोमा केशव राज भट्टको निर्देशन, मुकेश हुमागाईँको छायाँकन, विनोद वमको सम्पादन तथा रंगसंयोजन रहेको छ भने अभिनेता श्रीदेव भट्टराई, दीपाशा वि.सी, सन्तोष के.सी तथा झरना परियारको अभिनय रहेको छ । छायांछवि क्रियशनले निर्माण गरेको यस भिडियोलाई गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन।

तपाईको प्रतिक्रिया