काठमाडौं । सन २००५ सालबाट  हङकङ बस्तै आएका  गीतकार विष्णु इङनाम लिम्बूको दर्जनौं गीतहरु अडियो र भिडियोको रूपमा सार्वजनिक भैसकेका छ्न। यही क्रममा उनको  नयाँ गीत ‘हङकङ सिटी’ सार्वजनिक भएको छ । गीतकार लिम्बुको ‘हङकङ सिटी’ गीत अक्टोबर ११ तारीख  सोमवार सार्वजनिक भएको हो ।

गीत ,कविता , गजल , सायरीमा बराबर कलम चलाउने इङ्नामले हङकङ सिटि गीत मार्फत  हङकङ निवासी नयाँ पुस्ताको जीवन शैली , मनोविज्ञान आदिलाई अभिव्यक्त गर्ने प्रयास गरेको बताए ।

उनको “यो माया हो” भन्ने गीतले १६ लाख सम्म भिउ बटुलेको अनुभव सुनाउने क्रममा यो जिवनमा, यही मेरो तेह्रथुम जिल्ला भन्ने गीतले पनि दर्शक , स्रोता माझ छुट्टै छाप छोडेको छ उनले भने।

गीतमा हङकङकै परिवेशलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई रणवीर शेर्मा (रवि शेर्मा)ले निर्देशन गरेका छन । नेपालमै छायांकन गरिएको भिडियोमा तान्छोहाङ इङनाम, लक्ष्मी योङहाङ लिम्बू र नीतु मादेनको अभिनय रहेको छ ।

गीतकार

गीतमा स्वर तथा संगीत साक्थिम योङ्याको छ । चन्दु गोर्खालीको एरेञ्ज, सामुइलले लामाको छायाँकन रहेको भिडियोलाई इशक जबेगुले सम्पादन गरेका छन ।

कविता संग्रह निकाल्ने सोचमा रहेका कवि तथा गीतकार इङ्नामले अब चाडै अर्को गीत पनि सार्वजनिक गर्ने बताएका छ्न।

भिडियो लिन्क

तपाईको प्रतिक्रिया