खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ प्रकाशित भएको छ । स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो।

राईका बालकथा संग्रहमा बलजितको जुक्ति मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ कथा छन्। ‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ। बालकथा संग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामुलक र उत्तिकै रमाइलो लाग्ने कथाकार राईले बताए।

स्रष्टा राईका यस अघि बालकथा संग्रह ‘टोली नेता’ २०७४, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ कृति प्रकाशित भइसकेका छन । विशेष गरी बालकथामा दख्खल राख्ने राईको लघुकथा, हाइकु, मुक्तक, गीत, गजल र कवितामा पनि उत्तिकै सशक्त छन । राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङको अध्यक्ष हुन ।

तपाईको प्रतिक्रिया