काठमाण्डौं ।
नेपाली मौलिक लोक गीत संगीतको बजार क्रमिक रुपमा बढ्दो मात्रामा रहेको छ । गायक गणेश रावल र गायिका भावना शाहीको स्वरमा रहेको ’बनै गुराँस फुल्नाले’ गीतको भिडियो सलिना म्युजिक मार्फत सार्वजनिक भएको छ ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफ्नो मायालुलाई माया गर्नको लागि गायक निकै आतुर रहेका छन । गणेश रावल र भावना शाहीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ । प्रेमील युगल जोडी बीचको भावनात्मक प्रेमलाई गीतमा देखाउन खोजिएको छ ।

दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा दिपक मान सिंहको निर्देशन भिडियोमा छ । शंकर विसी र करिष्मा ढकालले गीतमा अभिनय तथा नृत्य गरेका छन ।

’बनै गुराँस फुल्नाले’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया