काठमाडौं । कंचनपुरको भीमदत्त नगर पालिका ९ मुसेट्टिमा फसेका ५ जनाको उद्दार गरिएको छ । सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले उद्दार गरेको हो । प्रतिकुल मौसमका वाबजुद सेनाको टोलिले बेलुका ५ बजे उद्दार गरेको हो ।

सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले सबैलाई सकुशल उद्दार गरिएको बताए ।

सेनाले डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडै पहाडको खोचबाट मुसेट्टि पुगाउन खोजेको थियो । त्यो रुटबाट पनि “भिजिबिलिटी” नभएपछि धनगढी ल्यान्ड गरिएको थियो ।

दिउँसो ४ बजे उक्त हेलिकप्टरलाई कंचनपुरको भगतपुरबाट २५ नम्बर बाहिनीबाट मुसेट्टीमा पुर्‍याइएको थियो ।

कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखी फसेका थिए ।

बिहान ७ बजे उनीहरु फसेको खबर बाहिरिएपछि यहाँका जनप्रतिनिधि र प्रशासन उद्दारमा खटिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३६ वर्षिय पुष्कर नायक, ३२ वर्षिया शान्ति नायक, १० बर्षका अजय नायक, ४ बर्षका बालक सुरज नायक र ५० वर्षिया गौरी खड्का महाकालीको भंगालोमा फसेका थिए ।

उनीहरू ज्यान जोगाउन १५ घण्टा रुखको बसेका थिए ।

तपाईको प्रतिक्रिया