धरान । दुई दिनदेखि परेको अविरल वर्षाको कारण लेउती खोलामा आएको बाढीले धरान-धनकुटा सडक खण्ड अन्तर्गत घण्टेमा सडक बगाउँदा धरान धनकुटा यातयात आवागमन ठप्प भएको छ ।

साँगुरीगढी गाउँपालिका वडा नं.६ घण्टेमा आज मंगलबार अपरान्ह ४ बजे लेउती खोलाले करिव २ सय मिटर पक्की सडक वगाउँदा धरान धनकुटा यातयात ठप्प भएको हो । अत्याधिक वर्षाको कारण लेउती खोलामा आएको बाढीले सडक कटान गरी २ सय मिटर पक्की सडक वगाएकोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस्पी नहकुल पोख्रेलले जानकारी दिए ।

लेउती खोलाले घण्टेमा सडक वगाएपछि धरान धनकुटा हुँदै पहाडी जिल्लाको आवागमन ठप्प भएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले जानकारी दिए । निरन्तर वर्षा भैरहेकोले गर्दा सडक सूचारु गर्न नसकिएको प्रजिअ पन्थले बताए ।

तपाईको प्रतिक्रिया