टोपबहादुर याक्खा

हङकङबासी साहित्यकार उपेन्द्र कोरङ्गी अर्थात  ‘दाजु गुरुङ’ को दोस्रो कथा संग्रह “लाई–सी” को लोकार्पण  अक्टोबर १७ तारीख आइतबार सम्पन्न भएको छ।

मंचमा आशित  अतिथि गणको हातबाट सामुहिक रूपमा कृति लोकार्पण भएको थियो । उपस्थित अतिथिमा रहेका थिए क्रमशः कार्यक्रमको आयोजक संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा, प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, “लाई–सी” का लेखक स्वयं दाजु गुरुङ, कार्यक्रम सह–आयोजक हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमण गुरुङ, साब्लाबुङका प्रकाशक एवं सम्पादक राज कुमार राई, साहित्यकार एवं महासंघकी सल्लाहकार रिता गुरुङ, संखुवासभा समाज हङकङका सल्लाहकार एवं साहित्यकार लालबहादुर गुरुङ, प्रकाश गुरुङ (जे.पी.), तमु ट्यो हुल हङकङका अध्यक्ष विजय गुरुङ ।

बज्र कुमार राई समिक्षा गर्दै

साहित्य श्रृंखलाका संयोजक रमण गुरुङद्धारा स्वागत मन्तब्य राखिएको उक्त कार्यक्रमका सभापति र प्रमुख अतिथिद्धारा पानसमा वत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो । सभापति टोपबहादुर याक्खा, प्रमुख अतिथि टंक रानाका साथै विशेष अतिथिहरु लालबहादुर गुरुङ, लव कुमार गुरुङ, रिता गुरुङ, प्रकाश गुरुङ (जे.पी.) द्वारा शुभकामना मन्तब्य राखिएको थियो ।  साहित्यकार एवं समीक्षक द्धय किन्दर राई र बज्र कुमार राईले पुस्तक माथि समीक्षा राखेका थिए ।

चाइनिज भाषा “लाई–सी” को शाव्दिक अर्थ दक्षिणा भनेर बुझ्न सकिने भन्दै हङकङमै देखे भोगेका कथा व्यथाहरुलाई सर्लक्क टिपेर साहित्यमा ढाल्न माहिर दाजु गुरुङको २०१८ मा प्रकाशित पहिलो कथा संग्रह “टाँकीका फूलहरु” भन्दा पनि दोस्रो कथा संग्रह “लाई–सी” अझ वजनदार र पढदै जादा कथाकारले प्रत्येक पाठककै कथा उतारे झैं लाग्ने समीक्षक किन्दर राईले बताए ।

किन्दर राई समिक्षा गर्दै

अर्का समीक्षक बज्र कुमार राईले दाजु गुरुङका कथाका घटना, पात्र छनौट र लेखनशैलीले हङकङेली साहित्यलाई अर्को उचाईमा पुर्याएको भन्दै हङकङमा भन्दा पनि नेपालका पाठक र शैक्षिक संघ संस्थाहरुको हात–हातमा “लाई–सी” पुग्नु पर्नेमा जोड दिए ।

पाठक, शुभेच्छुक र सहयोगी मनहरुबाट “टाँकीका फूलहरु” ले पाएको माया, सदभाव र हौसलाको प्रतिफल नै “लाई–सी” रहेको भन्दै कथाकार दाजु गरुङले दोस्रो कथा संग्रह “लाई–सी” ले पनि उक्तिकै माया पाउँनेमा आफू आशावादी रहेको बताए ।

दाजु गुरुङ

२३२ पेजको कथा संग्रह “लाई–सी” मा “चिसो हावाले”, “रिफ्युजी”, “कामरेड”, “कानूनले नचिनेको मान्छे”, “लालीगुँरास डटकम” लगायतका १८ वटा कथाहरु पढन पाइन्छ ।

हङकङ साहित्यिक साझा श्रृंखलाका संस्थापक संरक्षक, हङकङबाटै प्रकाशित हुंदै आएको “हाम्रो संखुवासभा” मुखपत्रका सम्पादक, संखुवासभा समाज हङकङका सल्लाहकार लगायत विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेका दाजु गुरुङले कथाका अलावा कविता, गीत, गजल र मुक्तकको क्षेत्रमा पनि उत्तिकै कलम चलाउँदै आइरहेका छन भने पहिलो कथा संग्रह “टाँकीका फूलहरु “हङकङबाटै” पारिजात साहित्य पुरस्कार–२०१९” द्धारा पुरस्कृत भएको थियो ।

जोर्डन स्थित बगैंचा रष्टुरेण्टमा आयोजित उक्त कार्यक्रमलाई कार्यक्रम आयोजक संखुवासभा समाज हङकङका सचिव लिलाबहादुर गुरुङले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया