महिला सुरक्षा दवाब समुह केन्द्रीय कार्य समितिको आयोजना र वाग्मती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आथित्यमा महिला अधिकारकर्मी तथा संस्थाको पुर्व अध्यक्ष ,अभियन्ता तथा लेखक सावित्री जंगम थापाको उपन्यास अर्चना को लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

संस्थाको संस्थापक मध्ये एक मुख्यमन्त्री शाक्यलाई मुख्यमन्त्री भएको अवसरमा संस्थाले दोसल्ला र फुलको मालाले सम्मान गरेको थियो। मन्तव्यको क्रममा बोल्दै शाक्यले महिला सुरक्षा दवाब समुहको संस्थापक मध्ये आफू पनि एक भएको संस्मरण गर्दै बर्तमान समयमा बालिका हत्या,बलात्कार र डिप्रेसन लगायतका कैयौं समस्या समाजमा रहेको र महिलामाथी हुने हत्या हिंसा निर्मुल गर्न सबै नागरिक एक हुन जरुरी भएको र लेखक तथा महिला अधिकारकर्मी सावित्री थापाले आफ्नो उपन्यासमा यहि बिषयलाई उठान गरेकोमा शुभकामना तथा बधाई भन्नुभयो ।

कार्यक्रममा राजनितीक नेतृहरु र सामाजिक अभियन्ताको उपस्थिति रहेको थियो भने कार्यक्रममा अध्यक्षता महिला दवाब समुहकी अध्यक्ष कल्याण शाह र कार्यक्रम संचालन वाग्मती प्रदेश सभासद तथा समुहकी महासचिव बिजय केसीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया