न्युयोर्क, अमेरिका।

प्रवासी नेपाली एकता मंच अमेरिकाले कोरोना सम्वन्धि समस्या लगायत अन्य स्वास्थ्य समस्याहरुमा  नेपालका  विभिन्न स्थानहरुमा सहयोग गर्ने क्रममा  रामेछापको दोरम्बा गाउँ पालिकाको  स्वास्थ्य चौकीमा दुइ थान एसी जडान गर्नुको अलावा सुनापति गाउँ पालिकाको १ र २ नम्बर वडामा अक्सिजन कन्सनट्रेटर समेत प्रदान गरको छ ।

आफ्नो संस्था  प्रवासी नेपाली एकता मंच अमेरिकाकि अग्रणी नेतृ सरिता चौलागाईंका स्वर्गीय सुपुत्र हिकारू गौतमको सम्झना र सम्मानमा हिकारूको  सहयोगी व्यवहारको समेत सम्मान सहित स्मरण होस भन्ने हेतुले स्वर्गीय हिकारूको सम्झनामा विभिन्न सामाजिक काम गर्ने लक्ष्य सहित स्थापित हिकारू फाउन्डेसन संगको सहकार्यमा उल्लेखित सहयोग हस्तान्तरण गरिएको हो ।

प्रवासी नेपाली एकता मंच अमेरिकाले कोरोना महामारीको दौरानमा  अमेरिकाका विभिन्न सहरहरुमा नेपाली समुदायहरुलाइ आवश्यकता अनुसार खाद्यान्न  र औषधिहरु वितरण गर्नुको साथै नेपालमा रौतहट लगायत जिल्लाहरुमा सहायता गरिसकेको छ भने हिकारू फाउन्डेसनले स्थापनाको छोटो समयमै पनि विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आएको छ  ।

केहि समय अगाडी मात्रै पनि हिकारू गौतमको जन्म दिन पारेर हिकारू फाउन्डेसनले बारा जिल्लाको निजगढ गाउँ पालिकामा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाइ स्कुल जान सहज होस भनेर  साइकल तथा पढाइमा सहयोग होस भनेर  नगद समेत हस्तान्तरण गरेको थियो  ।
रामेछापमा स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गर्न हिकारु फाउन्डेसनका अध्यक्ष, हिकारू गौतमका हजुरबुवा , पुर्व मन्त्री एवं सम्मानित बामपन्थी नेता  कमल चौलागाईं जानु भएको थियो भने स्थानीय जनप्रतिनिधिहरु सहित सबैले उक्त कार्यक्रममा सहभागिता र सहयोगको प्रशंसा गर्नु भएको थियो ।

रामेछापमा आवश्यक स्वास्थ्य सामाग्री प्रदान गर्ने निर्णय गर्नुको अलावा त्यस कार्यको लागि हिकारू गौतम फाउन्डेसनलाइ जिम्मा दिने काम गरेकोमा प्रवासी नेपाली एकता मंच अमेरिका  र त्यसका अध्यक्ष टेक गुरुङ लगायतको टिम प्रति  हिकारु गौतम फाउन्डेसनका अध्यक्ष कमल चौलागाईंले  सहयोग वितरण कार्यक्रम स्थलमा मात्रै नभई सामाजिक संजालमा समेत हार्दिक आभार व्यक्त गर्नु भएको थियो भने प्रवासी नेपाली एकता मंचका अध्यक्ष टेक गुरुङले पनि आफ्नो संस्थाले गरेको सहयोगलाइ सहि ठाउँमा पुर्याउन भूमिका खेलिदिनु भएकामा श्रद्धय कमल चौलागाईं र समग्र हिकारू फाउन्डेसन प्रति सँस्थाको तर्फ बाट हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया