विराटनगर ।
अमेरिकामा रहेर पनी नेपाली साहित्य एवम समाजसेवामा सक्रिय गीतकार दिलिप योञ्जन तथा लक्ष्मी गुुरुङ तामाङबाट प्रबिधि मैत्री सिकाई÷अभ्यासका निम्ति, श्री सृजना आधारभुत बिद्यालय, मिक्लाजुङ– १, सानोसफेवा मोरङका लागी एकथान कम्युटर प्रदान गरि सहयोग गर्नुभएको छ ।

भोजपुर देउरालीमा जन्मिनुभएका योन्जनले शिक्षा बाट बञ्चित बालबालिकाको लागी विभिन्न समयमा आफनै लगानीमा छात्रबृति प्रद्धान गर्नुभएको छ । बर्तमान अवस्थामा प्रविधिको उपयोग गरेर ग्रामिण स्तरमा भएका बालबालिकाले पनी सहज रुपमा अध्ययन गर्न सकुन भन्ने अभिप्रायले सहयोग गरेको उहाँले बताउनुभयो ।

यस कार्यका लागी सहयोग गर्ने संगीतकार राजेश थापा , विद्यालयका लागी भलो चाहने र विद्यार्थीको लागी जती सकिन्छ सहयोग गरौ भन्ने भावना बोकेका साहित्यकार हेमन यात्री सहयोगबाट नै आफुले विद्यालयको लागी सहयोग गरेको उहाँले बताउनुभयो ।

गीतकार योञ्जनका हालसम्म योन्जनका प्रकाशित पुस्तकहरु गाउँबेसिमा फूलै फुल्यो, मान्छेहरूको भीडमा, अमर, अविरल आदी छन् भने, अनुराग, आफ्नै छायाले, अमुल्य र अनुपम गीति एल्बम प्रकाशित÷प्रसारित छन् ।

तपाईको प्रतिक्रिया