काठमाण्डौं । नेपाली मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको आफनो छुटटै विशेषता रहेको छ । नेपालीहरुको दोश्रो पर्व तिहारको अवसरमा गायक कमल घले र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको भिडियो विएमवि क्रियसनको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ । आपसमा दिदि र भाई विचमा एकता पर्वको रुपमा र हर्षोउल्लासका साथ मनाइने दिपावली पर्वको महत्व र विशेषतालाई गीतमा समेटिएको छ । दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढको संगीत एवम एरेन्ज गीतमा छ । विजय जिरेलको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ’मखमली’गीतको भिडियोमा सोनिया रंजित , विजय राज भुर्तेल , विकाश शर्मा , एलिसा घिमिरे, रिया श्रेष्ठ र जयराम सापकोटा को अभिनय तथा नृत्य देख्न सकिन्छ ।

’मखमली’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया