काठमाण्डौं ।
लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको ’बर्बाद ’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा भएको घातबाट जिवनमा पर्ने चोटलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द र संगीत एवम अलिफ खानको एरेन्ज गीतमा रहेको छ । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार सन्तोष कटुवालले बताए ।

पछिल्लो समयमा सर्वाधिक लोकप्रिय निर्देशक मानिएका जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन भिडियोमा छ । ’बर्बाद ’ गीतको भिडियोमा सन्तोष कटुवाल , अनु चौलागाईँ र एलोन क्षेत्रीको फिचरिङ रहेको छ ।

’बर्बाद ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया