घटनास्थल भएको भिडियो हेर्न तल क्लिक गर्नुहोस

हङकङ । हङकङवासी युवा नेता, पत्रकार , सामाजिक अभियन्ता किसन राइको भिरबाट लडेर भएको भनिएको मृत्यु सहज दुर्घटना होइन सुन्योजित तवरले गरिएको हत्या पनि  हुन सक्छ भन्ने शंका उपशंका विशेष गरि हङकङबासी नेपाली माझ उब्जिएको अवस्था छ।

सत्यतथ्य पत्ता लगाउन धरानबाट नागरिक समाजका सदस्य ,राजनीति दलका प्रतिनिधि घटना स्थलको निरीक्षणमा गएको कुरा पत्रकार आनन्द श्रेष्ठले धरानबाट बताएका थिए ।
मृतक राइको शबको पोस्टमार्टम अक्टोबर ३० तारीख शनिबार स्थानीय समय बिहान ८ तिर बजे घोपा क्याम्प स्थित विपि प्रतिष्ठानमा भएको थियो भने  अन्त्येष्टि मध्याह्न १२ बजे तिर धरान १५ मा भएको थियो ।

उनको दाह संस्कारको प्रत्यक्ष लाइभ प्रशारण एनएचडिडी स्टुडियो (NHDD studio) हङकङबाट हुने कुरा संचारकर्मी देवमान लिम्बूले बताएका थिए ।

हङकङमा बसेर पत्रकारिता र समाज सेवा गरिरहेका ५४ वर्षीय पत्रकार किसन राई  काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पा चिउरीडाँडा स्थित पंखु खोलामा अक्टोबर २४ तारीख आइतबार साँझ  ५ बजे कतिपय पत्रीकामा ५:३० बजे भीरबाट लडेर उनको निधन भएको थियो ।
उनको मृत्यु दुर्घटना थियो या मृत्यु भन्ने प्रश्न अहिले चौतर्फी उठेको छ।
हुन त जनता समाजवादीका प्रवास इन्चार्ज आङ्काजी शेर्पाले आफ्नो फेस बुक पेजको अपडेटमा सय प्रतिशत भिरबाट चिप्लिएर लडेर मृत्यु भएको निष्कर्ष निकालेका छ्न।

पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसंग राई

सामाजिक संजालमा अप्लोड भएका घटना स्थलको भिडियो तथा तस्वीर हेर्दा वाँदर चिप्लिने भिर नै छ।  दिशा पिशाव गर्न जाँदा चिप्लिएर कथम लडेमा करिब २०० मिटर मुनीको खोलामा बजारिदाँ मानिस त मर्छ नै।
र साच्चिकै दिन दशा लागेर उनी चिप्लिएर खसेर मृत्यु भएको हो भने त्यसलाई स्विकार्नु सकिन्छ ।

तर घटना स्थलबाट शव संकलन गर्ने सिलसिलामा खिचिएका केही तस्वीर हेर्दा उनलाई कतै अन्यत्र हत्या गरेर यो भिरमा ल्याएर फ्यालेको हो भनेर शंका गर्नेहरु पनि सामाजिक संजालमा प्रसस्तै देखिएका छ्न र कडाइका साथ निस्पक्ष छानबिन होस भनेर माग राखिएको छ।

पंखा खोलामा भेटिएको राइको शव

पत्रकारिता पेशामा सत्रु कमाउन सजिलो  हुन्छ र उनले चलाएको एभरेस्ट मिडियामा पहिला एक पटक तोडफोड पनि भएको थियो । सार्वजनिक व्यक्तित्व भएका नाताले शत्रु र मित्रु उत्तिकै हुनु स्वाभाविक छ र  उनको हत्या भएको पनि  हुन सक्ने कोणबाट  जनमानसले सोच्न थालेका हुन।

तस्बिरमा उनको दाहिने घुँडा पुरै हड्डी पनि धुलो हुनेगरी पिसिएकोछ र  जिन्सको कपडा धुजा हुनेगरी च्यात्तिएको छ। भिरबाट झर्ने क्रममा यो पाराले अंगभंग हुन्न भन्ने कमेन्ट सामाजिक संजाल फेसबुकमा राखेको देख्न पाइन्छ।

अक्टोबर ८ तारीख भ्रमणको क्रममा मुस्ताङ पुगेका राई साथीहरूसंग

चिप्लेर लडेको हो भन्दा पत्याउन सक्ने स्थान रोजेर लामो गृहकार्य गरि बडो होसियार पुर्वक यो षड्यन्त्रको तानाबाना बुनिएको प्रतीत हुन्छ यदि यो हत्या हो भने ।

यस अर्थमा जनमानसमा छाएको आशंकालाई चिर्न सत्यतथ्यलाई  सार्वजनिक गर्नु पर्दछ भन्ने माग भएको स्थिति छ।

तपाईको प्रतिक्रिया