काठमाण्डौं ।
अमेरिकामा रहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङ र लक्ष्मी गुरुङ तामाङले एक जना बालिकालाई पढनको लागी पूर्ण छात्रबृति प्रदान गरी सहयोग गर्नुभएको छ । लिटिल बड इङलिस स्कुल काठमाण्डौमा अध्ययनरत छात्रा रजनी तमाङलाई कक्षा ११ मा होटल म्यानेजमेन्ट पढनको लागी पुर्ण छात्रबृति प्रदान गरिएको गीतकार तथा समाजसेवी दिलिपले बताउनुभयो । शिक्षाको उज्यालो किरणबाट कोही बालबालिका पनि वन्चित बन्नु नपरोस भनेर आफुले नानीको लागी सहयोग गरेको योञ्जनले बताउनुभयो ।

समाजसेवी डाक्टर दिल बहादुर तामाङ र मिस तामाङको छोरी सफलता तामाङको अनुरोधमा पढाउने जिम्मेवारी लिएको उहाँले बताउनुभयो । यस अगाडि पनि गीतकार योञ्जनले काठमाण्डौंको बुढानिलकण्ठको भगवती माविमा अध्यययनरत प्राथमिक तहका बालबालिकाको लागी विभिन्न समयमा सहयोग गर्नुभएको थियो । निम्न आय भएको कारणले आफुनो पारिवारिक बाध्यताको कारणबाट शिक्षाबाट बन्चित भइरहेको अवस्थामा आफनो शिक्षाको लागी सहयोग गर्ने दिलिप योञ्जन र लक्ष्मी योञ्जनको साथलाई आफुले कहिल्यै नभुल्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया