धरान / सन १९९५ देखि हंगकंगमा बसेर नेपाली सुगम संगीतमा स्तरिय गीत – संगीत पस्किने गायक ज्ञान सुब्बाले युवा गीतकार राई डी हाङ्गखिमको र बरीष्ठ संगीतकार दिनेश सुब्बासँगको सहकार्यमा आफ्नो अर्को नयाँ गीत “सुखमा पनि दु :खमा पनि” बुधबार म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन।
आधुनिक पप गायनमा नेपाल म्युजिक एवार्ड २०१८ द्वारा सम्मानित सुब्बाले १३ महिना लामो नेपाल बसाइमा गीत संगीत संबंधी धेरै कुरा अनुभव गरेको कुरा एक भेटमा बताए । उनले बिदाको लामो समय गृह नगर धरानमा बिताए । त्यसैबेला उनले “धरान शहर” भन्ने धरानको सिंगो परिचय बोकेको गीतको म्युजिक भिडियो रिलिज गरे।
दुर्भाग्य ! धरान शहर गीतको सुटिङ भएको बेला सुब्बालाई कोरोना संक्रमण भयो। ” सौरभ श्रेष्ठ भाइलाई सबै जिम्मा दिएर म त घर मै लडिरहेँ।” कोरोनाबाट बचेर दोस्रो जीवन पाएको अनुभव सुनाउछ्न सुब्बा ।

“अस्पताल भर्ना भएको भए म मर्थेँ । अक्सिजन लेवल डाउन भैहाल्छ। खान पनि पाइदैन । अनि कसरी बाँच्छ मान्छे ।” भन्दै थप्छ्न ” तर एक पटक कोरोना लागेपछि जिउ पहिलाको जस्तो नहुँदो रहेछ।”
सुब्बाले आफ्ना गीतहरुको भिडियो र अडियो जुक बक्स निर्माण गरेर ज्ञान सुब्बा च्यानलमा लगाएका छ्न।

अक्टोबर १० तारीख उनले ” आखिर के को लागि ” भन्ने गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका थिए ।

गायक ज्ञान सुब्बाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको संगीत संयोजन चाँद सिंहको रहेको छ भने मिन बिस्टले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन।
सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको युगल अभिनय रहेको प्रेमभावको गीतको नृत्य सुनिल मगर , छायाँकन गोपाल मगर , सम्पादन बालकुमार मगर र निर्देशन बालकुमार मगर र मिङ्ग्मा योञ्जनको रहेको छ। आफ्नो भिडियोमा नयाँ कलाकारहरुलाई पनि अभिनय गराइरहने गायक ज्ञान सुब्बाले यो गीतमा सन्तोष ढुंगाना र जयन्ती भित्राकोटीको नयाँ जोडीलाई मौका दिएका छन ।
म्युजिक भिडियो लिंक :
https://youtu.be/7Gz1jjycZOo

तपाईको प्रतिक्रिया