काठमाडौँ। युवा गायक आयुष अर्यालले नयाँ सांगीतिक कोसेली ‘नतडपाउन’ को म्युजिक  भिडियो सार्वजनिक गरेका छन । लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा रहेको गीत अलेक लामा र आयुष अर्यालको शब्द , राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ ।

रोमान्टिक शैलीको गीतको भिडियोमा मोडेल सारा लोहोरुङ्ग राई र स्वयं गायक आयुष फिचर्ड छन । जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ। भिडियोलाइ ओएसआर डिजिटल मार्फत गत शुक्रबार सार्वजनिक गरिएको छ।
 गायक आयुष १ बर्ष अघि ‘तिम्रो मायाले’ गीत मार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । उनको पहिलो कोसेली पनि दर्शक माझ लोकप्रिय भएको थियो ।

भिडियो लिन्क

तपाईको प्रतिक्रिया