नरजित राई । हङकङ ।

मिति ७ नोभेम्बर २०२१ का दिन किरात राई यायोक्खा,हङकङका भुतपुर्व अध्यक्ष,किरात राइ प्रज्ञा प्रतिष्ठानका पुर्व  उपकुलपति तथा संरक्षक परिषद सदस्य  श्री किसन राइको श्रद्धाञ्जली सभा शातिन , कि लुङ च्युन स्थित किराया, हङकङको भवन सुप्तुलुङ खिममा सम्पन्न भएको छ।

किराया,हङकङका बर्तमान अध्यक्ष माया (चन्दृका) राइको अध्यक्षतामा सम्पन्न भएको  उक्त श्रद्धाञ्जली कार्यक्रमको शुरूमा स्वर्गीय किसन राईप्रती श्रद्धाभावले १ मिनेट मौन धारण गरिएको थियो ।

किराया,हङकङका सचीव राजेन्द्र कुमार राइले सन्चालन गर्नु भएको उक्त श्रद्धाञ्जली सभामा किराया उपाध्यक्ष गजेन्द्र बहादुर राइले श्रद्धाञ्जली मन्तब्य दिने क्रममा  स्वर्गीय किसन राइको जिवनी माथि  प्रकाश पार्नु भएको थियो।

श्रद्धाञ्जली मन्तव्य  कै क्रममा किरात राई प्रज्ञा प्रतिष्ठान  ,हङकङका कुलपति  श्री शशिमदन राइले किराया ,हङकङलाई किसन राइले  दिनु भएको योगदान बारे बुँदागत रुपमा प्रकाश पार्नु भएको थियो।

किराया,हङकङ भुपु अध्यक्ष तथा संरक्षक  परिषद सदस्य हेजेन राइले किसन राइलाइ सम्झदै यदि आत्मा नमर्ने भए सायद यो कार्यक्रममा वहाँको आत्माले हामीलाई हेरि रहेको होला भन्दै निकै भावुक  मन्तव्य  व्यक्त गर्नु भएको थियो।

यसैगरी किराया केन्द्रिय समिति नेपालका केन्द्रिय सदस्य दिलिप राई , किराया,हङकङका भुपु अध्यक्ष तथा प्रमुख संरक्षक  परिषद सदस्य रजिन राइ, किराया,हङकङका भुपु अध्यक्ष तथा प्रमुख सल्लाहकार हरिचन्द्र राइ, सल्लाहकार बसन्त कुमारी राइको समग्र मन्तव्यको निचोडमा किसन राई बहुआयामिक ब्यक्तित्व,सामाजिक बिकृतिको भण्डाफोर गर्ने, अग्रणि तथा अनुभवी  पत्रकार,आदिवासी जनजातीको आवाज उठाउने, सामाजिक अभियन्ता,सहयोगी , कर्तव्यनिष्ठ र हङकङेली नेपाली समाजमा निकै लोकप्रिय रहनु भएको बताउनु भएको थियो।

सभाको अन्तमा उपस्थित महानुभावबाट स्वर्गीय किसन राइको आत्माको चिर शान्तिको कामना गर्दै फुलको गुच्छा चढाइ हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

स्मरण रहोस,श्री किसन राइ नेपाल भ्रमण गर्ने क्रममा २४ अक्टोबर २०२१ का दिन खोटाङको दोर्पा चिउरिडाडाको ध्वजेम्पा भिरमा अप्रत्याशितरूपमा भएको   दुर्घटना परी निधन हुनु भएको थियो। स्वर्गीय  किसन राइ किरात राई यायोक्खा,हङकङको सदस्य (२००६ -२००८), उपाध्यक्ष (२००८ – २०१०) हुदै १४ मार्च २०१० देखि १ अप्रिल २०१२ सम्म अध्यक्ष पदमा रहि कार्य गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया