काठमाण्डौं ।
नेपाली कथानक चलचित्र “ यो मेरो दिल“ को बेहोशी मै कराएछु बोलको भिडियो ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा आम मानिसमा भएको भित्री कथालाई चलचित्रमा चित्रण गरिएको छ । नुवाकोटको विभिन्न स्थानहरुमा छायाँकन गरिएको छ । चलचित्रको गीतमा प्रीतिका शर्मा र बिबन लामा फिचरिङ लाई देखाइएको छ । गायिका नित्याशिवाको स्वर ,राजेश कुमार श्रेष्ठ को संगीत ,शंकर अधिकारी घायल ले सो गीत लेखेका हुन ।

दिवस गुरुङ को छायांकन ,राजन महर्जन को नृत्य बिश्वास भण्डारी को सम्पादन र सन्तोष पराजुली को प्रकाश ब्यब्स्थापन रहेको छ। यो मेरो दिल मुविको कथाबस्तु समेटिएको गीत लाई एक मानसिक सन्तुलन गुमाएकी युवतिको पृष्ठभुमि लाई प्रस्तुत गरिएकोछ । चलचित्रलाई बिबन तामङ र दस बहादुर तामङ राजु पौड्यालले निमार्ण गरेका हुन ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया