टोपबहादुर याक्खा

२८ नोभेम्बर आइतबार हङकङमा  सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०७ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भएको छ। 
साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा जोर्डन स्थित नयाँ पेजको हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मगर संघ हङकङका अध्यक्ष एवं समाजसेवी हर्क प्रसाद राना मगर रहेका थिए ।

कार्यक्रमको प्रारम्भिक चरणमा  अतिथि द्वय मगर संघ हङकङका अध्यक्ष  हर्क प्रसाद राना मगर तथा किरात राई यायोक्खा हङकङकी अध्यक्ष माया थुलुङ राईलाई साहित्य श्रृंखलाको तर्फबाट खदा ओढाएर सम्मान गरिएको थियो ।
श्रृंखलाका संस्थापक संयोजक तथा सल्लाहकार चन्द्र मादेन ‘आन्छन’ द्धारा संचालन गरिएको कार्यक्रममा कवि तथा साहित्यकारहरु सुनिता गिरी, रमण गुरुङ, गीता अधिकारी, ईन्द्र राना, सन्ध्या क्षेत्री, पूर्णिमा शाह, नारायण भण्डारी, लालबहादुर गुरुङ, अरुणा शर्मा, नगरेन्द्र गुरुङ लगायतले सृजना वाचन गरेका थिए । नवोदित गायीका कोशिसा लिम्बुले गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएकी थिइन ।

श्रृंखलाका संरक्षक एवं साब्लाबुङका प्रकाशक राज कुमार राईले कार्यक्रममा वाचित सृजना र समग्र कार्यक्रमाबारे टिप्पणी राखेका थिए ।

नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्द्धन हेतु  विगत ९ वर्ष देखि निरन्तर  प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको यश साहित्य श्रृंखलाले पत्रकार स्व.किसन राई प्रति उच्च सम्मान गर्दै गत १०६ औं श्रृंखलाबाट ‘स्व.किसन राई प्रतिभा पुरस्कार’ को स्थापना गरेको घोषणा समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया