विजय राज फिल्मस संगको सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पार्टनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ।

जस्लाई प्रोडुस गर्दै हुनु हुन्छ मन्जु कुमारी फुयाल र अनिता सुबेदी धिमालले। “पार्टनर” मा अहिलेको युवा हरुको माया प्रेम लाई देखाइने छ, देव धिमालको लेखन निर्देशन , विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गीत संगीतमा रानी शाक्यको स्वर रहने भएको छ।

सिरिजमा अमित ठाकुरले मुख्य सहायक निर्देशक गर्ने भएका छ्न। र छायांकनमा प्रबेस राई र राहुल कोइराला रहने भएका छ्न। काठमाडौ, पोखरा, जोमसोम वरिपरि छायांकन हुने सिरिजको पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मसलाई दिइएको छ।

सिरिजमा राज कुमार शाह (जगते) अन्जली श्रेष्ठ, सबिना लामा, सरिता रसाइली, रोजी बर्देवा,प्रीयन्सी श्रेष्ठ, निरज काफ्ले, प्रीयंका श्रेष्ठ, राजु राज पुरी, प्रतिक्षा कार्की, बिनिशा कार्की, नयश चाम्लिङ राई, कौशिला दर्जी, पुनम परियार, जीवन बुढाथोकी, अतित व्लोग्स, बिराज सुबेदी, प्रिया ओली, रुमा थापा, प्रजिता पाण्डे, लगायतका कलाकारहरुको मुख्य भुमिका रहने भएको छ।

तपाईको प्रतिक्रिया