धरान / नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंले बनाएको सनुसरीका धार्मिक पर्यटकीय स्थलको वृतचित्र सोमबार धरानमा सार्वजनिक गरिएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वृतचित्र सार्व

जनिक गर्नु भएको छ । सोही अवसरमा दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र बराहक्षेत्रको सम्पदा र वास्तुकलाः एक अध्ययन विषयक पुस्तकको समेत लोकापर्ण गरिएको छ । प्राडा सोमनाथ खतिवडाद्वारा लिखित पुस्तकको सम्पादन नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञ रमेशनाथ खनालले गर्नु भएको छ ।
उपमहानगरपालिका परिसरमा भएको कार्यक्रममा दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र बराहक्षेत्रको छुट्टाछुट्टै वृतचित्र सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मेयर राईले उपमहानगरपालिकाले गर्ने काम ललितकला प्रतिष्ठानले गरेको बताउनु भयो ।
प्राडा गोपालप्रसाद भण्डारीले पुस्तकको विषयमा प्रस्टाउनु भएको थियो । धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले यस वृतचित्रले धरानको पर्यटन प्रवद्धनमा सहयोग पुरयाउने बताउनु भयो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, पर्यटन, सूचना तथा राजस्व महाशाखाका प्रमुख खगेन्द्रप्रसाद खतिवडा, समाजसेवी कृष्णप्रसाद श्रेष्ठ, सुनसरी उद्योग बाणिज्य संघकी सदस्य शुभेक्षा अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रमेशनाथ खनालको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया