धरान / चर्चित ब्याण्ड रबिन एंड द न्यु रेभुलुसन ब्याण्ड आगामी पौष ३ गते शनिबार धरानमा आयोजना हुने “टुबोर्ग मेगा लाइभ कन्सर्ट “मा आफ्नो प्रस्तुतिको लागि धरान आउने भएको छ।

रबिन एंड द न्यु रेभुलुसन ब्याण्डका मुख्य गायक रबिन तामांग अहिले “रियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल “को शुटिंगमा व्यस्त छन। बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामांगको केटा -केटी , दम मरो दम ,चिसो चिसो हावामा ,आधुनिक आँगनमा ,म मौनतामा , भेटे मैले शिबाजी , जति माया लाए पनि लगायतका गीतहरु चर्चित छन। चार बर्ष अघि न्यु यीयर इभ कन्सर्टमा धरान आएका गायक रबिन तामांग धरानको दर्शकहरुको माया हरेक पटकको कन्सर्टमा सधैं बढिरहेको पाएको बताउँदै भन्छन – लामो समयपछि मेगा कन्सर्ट त्यो पनि धरानमा आउन पाउँदा एकदमै खुशी छु। टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाईस्कुलको मैदानमा आयोजना हुन लागेको कन्सर्टमा रबिन एंड द न्यु रेभुलुसन संगै धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतको समेत प्रस्तुति रहनेछ। हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन भने दिपिका बस्नेत पनि नेपाल स्टारकि प्रतियोगी हुन।

कोभिडको कारणले दुई बर्ष देखि कुनै पनि ठुलो कन्सर्ट नभएको धरानमा यो पहिलो कन्सर्ट हो। कार्यक्रम स्थलमा प्रवेशको लागि मास्क र सेनिटाईजर अनिवार्य गरिएको छ।

टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ , धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भईसकेको छ।

Made with Square InstaPic

तपाईको प्रतिक्रिया