धरान । पुराना नेपाली गीतहरुलाई कभर भर्सनका रुपमा गाएर नेपाली प्रशंसक बटुल्न सफल कलकत्ताका गायक तथा संगीतकार अर्को मुखर्जी पहिलोपल्ट धरानमा आफ्नो एकल कार्यक्रमको लागि यहि मङ्सिर २५ गते शनिबार आउँदैछन।

धरानको बगरकोटको पुल पारी रहेको भीन्टेज फेमेली रिसोर्टमा आफ्नो ब्याण्ड मेम्बर सहित गायक अर्को मुखर्जी आउने भएका छन। बिभिन्न बंगाली चलचित्रहरुमा समेत आफ्नो स्वर दिएर चर्चित बनेका उनि बिषेशत लोक संगीतका पारखी हुन।

उनले उकालीमा हजुर ,भैंसी लड्यो ,लाहुरेको रेलीमाई,कस्तुरी हे ,मोहनी लाग्ला है , ए कान्छा ,सिन्धुलीगढी जस्ता थुप्रै नेपाली हिट गीतहरूलाई कभर भर्सनमा गाएका छन। नेपाल र नेपाली संगीतमा बिशेष झुकाव राख्ने उनको युट्युबच्यानलमा रहेका नेपाली गीत-संगीतको सामग्रीबाट प्रस्ट हुन्छ। पहिलो पल्ट पूर्वको धरानमा आउन लागेको अर्कोले विभिन्न नेपाली तथा हिन्दी गीतहरु प्रस्तुत गर्ने भिन्टेज फेमेली रिसोर्टका प्रबन्ध निर्देशक सुमन कुमार श्रेष्ठले बताए

तपाईको प्रतिक्रिया