नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी पर्सा कि प्रियंका श्रेष्ठ “पार्टनर” web-series मा पनि देखिने भएकी छिन।

विजय राज फिल्मस संगको सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा प्रियंका श्रेष्ठ ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ। प्रियंका श्रेष्ठ “पार्टनर” मा “सरु” नामको भुमिकामा देखिने भएकी छिन।

त्रीकोणात्मक प्रेम कहानी र ससपेन्स हरर रहेको यसका लेखन तथा निर्देशन देव धिमाल रहेको छ। विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गीत संगीतमा रानी शाक्यको स्वर रहने भएको छ । सिरिजमा अमित ठाकुरले मुख्य सहायक निर्देशक गर्ने भएका छ्न, र छायांकन मा प्रबेस राई र राहुल कोइराला रहने भएको छ।

काठमाडौ, पोखरा, जोमसोम वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा राज कुमार शाह (जगते) अन्जली श्रेष्ठ, सबिना लामा, आयुसा भुजेल, रोजी बर्देवा, पुनम परियार, निरज काफ्ले, दिवश नाथ, कौशिला भित्रकोटी, बिनिषा कार्की, प्रसन्न आचार्य (अतित), नयश च्याम्लिंग राई. प्रतिक्षा कार्की, प्रियान्सी श्रेष्ठ, प्रजिता पाण्डे, निरज काफ्ले, बिराज सुबेदी, प्रिया ओली, रुमा थापा, राजु राज पुरी, सरिता रसाइली, जीवन बुढाथोकी, मुना आचार्य, मनिष प्रितम लगायत का कलाकारहरु को मुख्य भुमिका रहने भएका छन।

तपाईको प्रतिक्रिया