क्रान्ति सुब्बा । हङकङ

हङकङमा हालै एक ४४ वर्षकी म्याग्सिनो रेशिली लगुरिन नामक फिलिपिनो घरेलु कामदारको रूपमा कार्यरत एक विदेशी घरेलु सहयोगीले चलाएको आफ्नो मालिकको कारमा ठोक्किएर  एक जनाको ज्यान गएपछि उनलाई  खतरनाक ड्राइभिङको आरोप लागेर पक्राउ गरिएको थियो । यो घटनाका कारण अहिले हङकङमा डोमेस्टिक हेल्परलाई रोजगारदाताको गाडी वरपर ड्राइभ गर्न अनुमति दिने कि नदिने भन्ने बहस चलेको छ।

  सेन्ट्रल स्थित सोहोमा डिसेम्बर १० तारीख शुक्रबार   राति ७० पिल स्ट्रीटमा   घरेलु कामदारको हैसियतमा रहेकी एक  महिला चालकले गाडीको हेन्डब्रेक दबाउन  बिर्सिएपछि उक्त निजी कार दुर्घटनामा परेको थियो।  दुर्घटनामा १ जनाको मृत्यु भएको थियो  भने ७ जना घाइते भएका थिए ।

बेलुकी करिब ८ बजेतिर प्राइभेट कार रिभर्स हुँदा जम्मा ८ जना मानिस घाइते भएका हुन । जस मध्ये दुइ जना महिला बेहोस भएका कारण उपचारका लागि तुरुन्तै क्युइन मेरि अस्पतालमा लगिएको थियो ।
सो दिन चालकको रूपमा रहेकी घरेलु कामदारले आफ्नो एक्स्प्याट(बिदेशी )  रोजगारदातालाई सोहो एरियामा खानपिनका लागि ल्याएकी थिइन। र उक्त सेतो रंगको  निशान  प्राइभेट कार ब्रन्च क्लब बाहिर  पिल स्ट्रीटको भिरालोमा टाउको मास्तिर फर्काएर पार्क गरिएको थियो ।
चालक हेल्पर र उनको बोस गाडीबाट ओर्लिएर गाडीको ढोका बन्द गर्न लाग्दा  अचानक पार्क गरिएको उक्त कार आफै रिभर्स भएर स्पिड साथ पछाडि सरेको थियो । हेन्डब्रेक राम्रो संग नलागेको गाडी त्यो ओरालोबाट करिब १०० मिटर तल पुगेर ४१ स्टाउन्टन स्ट्रीटमा  रहेको दोबाटोको बिजुलीको पोल र फेन्स रेलिङ हुदै एउटा सानो पाक कुङ टेम्पलमा ठोकिएपछी मात्र रोकिएको थियो । करिब ६ सेकेन्ड भित्र  १०० मिटर गाडीले क्रस गरेको थियो । स्पिड कुदेको गाडीलाई रोक्न खोज्दा चालकलाई पनि गाडीले ठक्कर दिएको थियो । रिभर्स भएको गाडीले लतारेका कारण केहि मानिस घाइते भएका थिए भने बारको ढोका बाहिर उभिएर पेय पदार्थमा जमिरहेको भिडलाई पनि ठक्कर दिएको थियो ।

ईन्टरनेटमा शेयर भएको भिडियोमा उक्त कार कम्तीमा एक जना बटुवामाथि उक्लिएको  र उक्त बटुवालाई  कारले घिसारेको देखिन्छ । ती बटुवा २७ वर्षकि फ्रान्सेली नारी थिइन ।  २० जना भन्दा बढी   बाटो हिडने मानिसहरु  घटनास्थलमा सक्रिय देखिन्थे । कार मुनि थिचिएका  २७ र ३१ वर्षका दुई जना फ्रान्सेली महिलालाई त्यो मानिसको समूहले उद्वार गरेका थिए । कारले हान्नु भन्दा अगाडि यी दुई युवती बाटोछेउमा उभिएर गफ गरिरहेका थिए ।
जम्मा चार जना पुरुष र चार जना महिला यो घटनामा घायल भएका थिए । ती मध्ये तीन जना गम्भीर घाइते र दुइ जना महिला अचेत भएका थिए । दुइ अचेत फ्रान्सेली  महिलालाई  क्युइन मेरि अस्पताल लगिएको थियो भने बाकीलाइ ६ जना महिला तथा पुरुषलाई  रतोन्जी अस्पताल लगिएको थियो ।

गम्भीर घाइते मध्ये २७ वर्षकि एलोडी मा नामक फ्रेन्च चाइनिज महिलाको उपचाररत अवस्थामा  शनिबार साँझ ६:३५ बजे मृत्यु भएको थियो। मृतक महिला चोक्लेटरी डि लोपेरा अर्थात एशिया प्यासिफिक अफ चकलेट कम्पनीकि सेल्स मेनेजर थिइन ।

स्रोतका अनुसार मा फ्रान्समा हुर्के पढेकी युवती थिइन। सन २०१७ मा हङकङ आउनु पुर्व उनी साउथ कोरियाको सियोलमा बस्थिन।

उनको साथीको अवस्था भने कृटिकलबाट सिरियसमा आएको थियो ।

महिला चालकलाई  कुनै चोटपटक लागेको थिएन र प्रहरीलाई अनुसन्धानको लागि मद्दत गरिरहेकी थिइन। पछि उनलाई खतरनाक ढंगले गाडी चलाएको अभियोगमा पक्राउ गरियो र उनलाई इस्टर्न मेजिस्ट्रेट कोर्टमा १३ तारीख सोमबार हाजिर गराइने भएको थियो ।

हङकङको प्रचलित रोजगार संझौता नियम (ID407) अनुसार  विदेशी घरेलू सहायक (FHD) द्वारा गरिने काम कर्तव्यमा  मोटर वाहन चलाउने कुरा समाबेश छैन। 
यसका अलावा हङकङमा एक विदेशी घरेलु सहयोगीलाई रोजगारीको लागि दिइने भिसाको शर्त अन्तर्गत सवारी वाहन चलाउने अनुमति दिइएको छैन।

यद्यपि, हङकङ युनियन अफ एम्प्लोयमेन्ट एजेन्सीका अध्यक्ष थोमस चानका अनुसार विदेशी घरेलु कामदारहरूले हङकङको ड्राइभिङ लाइसेन्स लिएपछि गाडी चलाउन सक्छ्न तर उनीहरूले आफ्नो रोजगारदाताका लागि ड्राइभिङ गर्न पुर्व  अध्यागमन विभागबाट विशेष स्वीकृति लिनुपर्छ ।

हङकङमा करिब एक प्रतिशत विदेशी घरेलु कामदारले आफ्ना रोजगारदाताका लागि गाडी चलाउने अनुमति पाएका थिए जसमध्ये ९० प्रतिशत पुरुष थिए केहि समय अघिको कुरा स्मरण गर्दै चानले   भने।

विदेशी घरेलु कामदारहरूको न्यूनतम पारिश्रमिक प्रति महिना हङकङ डलर ४,६३० भए पनि, ड्राइभिङ अनुमति भएका सहयोगीहरूले हङकङ डलर ८,००० देखि १०,००० प्रति महिना कमाउन सक्छन।

“ड्राइभिङ लाइसेन्स वा सवारी चलाउने अनुमति प्राप्त नभएका  घरेलु कामदारलाई गाडी चलाउन अनुमति दिने रोजगारदातालाई  नै सम्बन्धित दुर्घटनाको लागि जिम्मेवार ठहर्‍याउनु पर्दछ” चानले भने।

हङकङमा घरेलु कामदारलाई गाडी चलाउने अनुमति पत्र प्राप्त गर्ने प्रक्रिया निकै कठिन छ। तर अनुमति दिई सकेपछि संबंधित बिभागले त्यस्ता चालकले नियम पालना गरेको नगरेको अनुगमन भएको छ छैन भन्ने बारे चान अनभिज्ञ छ्न।

सामान्यतया घरेलु कामदारले कम विकसित ठाउँ तिर गाडी चलाउने गरेका हुन्छन । हङकङ जस्तो अति विकसित ठाउँमा आएपछि उनि हरू स्थानीय ड्राइभिङ वातावरणसँग परिचित नहुन सक्छन र ड्राइभिङ गर्नको लागि पुरा गर्नुपर्ने नियम र प्रावधानलाई  कडाईका साथ पालना नगरेको हुन सक्छ चानले भने।

उनले यदि  घरेलु कामदारलाई गाडी चलाउनका लागि नियुक्त गर्ने हो भने रोजगारदाताले धेरै  सावधानी अपनाउन  आग्रह गरे ।

उनको यो टिप्पणी शुक्रबार लान क्वाई फोंग कार दुर्घटना पछि आएको हो , जहाँ एक फ्रान्सेली महिलाको एक कारले ठक्कर दिँदा मृत्यु भएको थियो  जुन कार स्लोपबाट गुडकिएर आफै तर झरेको थियो ।

उक्त दुर्घटनामा संलग्न एक ४४ वर्षीया घरेलु कामदारलाई खतरनाक ड्राइभिङको आरोप लगाइएको थियो । भिरालो स्थानमा आफुले चलाएको कार पार्क गर्दा   ह्यान्डब्रेक पूर्ण रूपमा लगाउन  असफल हुँदा उक्त  कार १०० मिटर तल सम्म ओरालोमा सुल्किएर झरेको थियो फलस्वरूप आठ जना पैदलयात्रीहरूलाई कारले ठक्कर दिएको थियो ।

अध्यागमन बिभागका अनुसार  यदि कुनै रोजगारदाताले आफ्नो घरेलु सहायकको लागि सवारी साधन चलाउन पाउने अनुमति प्राप्त गर्न चाहन्छ्न भने त्यसको उचित कारण सहितको विवरण पेश गरेको हुनुपर्दछ।

१३ डिसेम्बर

एक जना मानिसको मृत्यु हुने गरि खतरनाक ढंगले सवारी साधन चलाएको अभियोगमा पक्राउ परेकी म्याग्सिनो रेशिली लगुरिनलाई  सोमबार बिहान इस्टर्न मेजिस्ट्रेट अदालतमा हाजिर गराइएको थियो । हङकङ डलर १०,००० धरौटीमा  उनको रिहा भएको छ। उनको मुद्दाको अर्को सुनवाइ अप्रील ७ तारीख २०२२ मा हुने भएको छ।

मृतक एलोडी मा

धरौटीमा उनको रिहा भएता पनि  उनलाई हङकङ छोडन मनाही गरिएको छ र डिप वाटर बे स्थित आफ्नो   वतन छोडेर अन्यत्र जान वर्जित छ। र उनले आफ्नो राहदानी अदालतलाई बुझाइसकेकी छिन।

तपाईको प्रतिक्रिया