क्रान्ति सुब्बा । हङकङ ।

हङकङको २८० ग्लोस्टर रोडमा पर्ने वर्ल्ड  ट्रेड सेन्टरमा बुधबार ३९ तले कमर्सियल कम्प्लेक्समा आगलागी हुँदा कम्तीमा १३ जना घाइते भएका थिए भने सयौं मानिस फसेका थिए । आगलागीको समयमा फायरकर्मीहरूले करिब १,२७० जना व्यक्तिको उद्धार गरेका थिए ।

कजवे बेको कमर्शियल मुटुमा रहेको सपिङ सेन्टर र अफिस टावर कम्प्लेक्समा दिनको १२ः३७ बजे आगलागी भएको खबर प्राप्त भएको थियो ।दिउँसो १.०३ बजे फायर अलार्मको स्तरलाई ३ नम्बरमा पुरयाइएको थियो।  र अधिकारीहरुका अनुसार अग्निनियन्त्रकहरुले दिउँसो ३.०६ बजे आगोलाई घेराबन्दी गर्न सफल भएका  थिए ।

एकै समयमा पोडियम र छतमा तीन सय जना फसिएका थिए ।
वर्ल्ड ट्रेड सेन्टर सन हङ काई प्रोपर्टीजको ग्रेड ए व्यावसायिक भवन हो। यसको १४ तला सम्म किनमेल आर्केड र २५ तला सम्म अफिस टावर रहेको छ।कजवे बे  वरपरका सडकहरू बन्द भएकाले कम्तिमा १३ जनालाई उपचारका लागि रतोन्जी अस्पताल, पामेला युदे नेथर्सोल इस्टर्न अस्पताल र क्वीन मेरी अस्पतालमा पठाइएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले प्रारम्भिक अनुसन्धानमा वर्ल्ड  ट्रेड सेन्टरको पहिलो तल्लामा रहेको मिटर कोठा ( मिटर रुम) भित्र आगलागी भएको पत्ता लागेको बताएको छ ।त्यसपछि आगो मर्मतको काम भइरहेको भवनको बाहिरी भागमा फैलिएको थियो। 

फायर डिपार्टमेन्टका अनुसार सुरुमा तल्लो लेभलमा रहेको स्विच रुममा पहिला आगो सल्केको थियो । इलेक्ट्रीकल मिटर रुम नजीक रहेको पहिलो र दोस्रो तलाबाट पहिला आगोको मुस्लो निस्किएको थियो । त्यसपछि बाहिर पट्टीको स्काफोल्डिङमा आगो फैलिएको थियो । यो आगोको मुस्लो बल्नुमा विजुलिको तारहरु जिम्मेवार जस्तो देखिएको छ। तर थप अनुसन्धान पछि मात्र तथ्य थाहा हुने कुरा अधिकारीले बताएका छ्न।

आगलागी ४ः२५ बजे अध्यावधी नियन्त्रणमा आएको थियो । र  ४.३० बजे पुर्णतः नियन्त्रणमा आएको थियो ।

माथिल्लो तलामा फसेको

दिउँसो ३९ औं तल्लाको छतमा सयौं मानिस उद्धारको पर्खाइमा रहेका थिए भने  भवनको विभिन्न तल्लामा मानिसहरु फसेका थिए  ।  स्थानीय सञ्चारमाध्यमका अनुसार फसेका केही व्यक्तिले अक्सिजन मास्क प्रयोग गर्नुपरेको थियो।

कोठाहरु धुवाँले भरिएपछी बुफे रेस्टुरेन्टबाट दर्जनौं ग्राहकहरूको उद्वार गरेको अनलाइन फुटेजमा  देखाइएको थियो ।

उद्वारको प्रतीक्षा करिब ३५० जना मानिसहरु छानामा

करिब ८५ जना मानिसहरूलाई उद्वार गरेर इस्ट  पोइन्ट रोड र ८० जना लाई जाफ रोडमा सारिएको थियो। करिब १०० जना पाँच तलाको प्लेटफर्ममा अड्किएका थिए । आगलागी नियन्त्रणका लागि दमकल विभागले दुईवटा जेट र दुई श्वासप्रश्वास उपकरण टोली परिचालन गरेको थियो।

आगलागीका कारण बन्द भएका सडक खण्डहरू 

– कोजवे बे फ्लाईओभर र भिक्टोरिया पार्क रोड बीच ग्लोस्टर रोड
– क्यानन स्ट्रीट
– पर्सिभल स्ट्रिट र क्यानन स्ट्रिट बीचको जाफ रोडको खण्ड
– पर्सिभल स्ट्रिट र क्यानन स्ट्रिट बीचको लकहार्ट रोडको खण्ड
– क्लिभल्याण्ड स्ट्रिट र ग्लुसेस्टर रोड बीचको किंग्स्टन स्ट्रीट (ग्लोसटर रोड बाउन्ड) को खण्ड

प्रभावित बस रुट नं. लगायतका रुट डाइभर्ट गरिएको छ ।  2, 18, 25, 102, 103, 106, 107, 108, 117, 170, 619, 671, 690, 930, P960।

सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको थियो । 

तपाईको प्रतिक्रिया