काठमाण्डौं ।
गायक प्रमोद खरेलको नयाँ गीत `जाउ तिमी´को म्युजिक भिडियो सार्वजनिक भएको छ । झलक शर्मा सापकोटाको शब्द र राजेन्द्र केशव सापकोटाको संगीतमा बनेको गीतको म्युजिक भिडियोमा समिर खान र विना राउतले अभिनय गरेका छन।

हेमन्त शिशिरको संगीत संयोजनको गीतमा प्रेम र बिछोडको पीडा व्यक्त गरिएको छ । करण चैसिरको छायाँकन , अमृत चापागाँईको सम्पादन तथा सिर्जन बरालको निर्देशन भिडियोमा रहेको छ । आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रेम र रोदनलाई समायोजन गरि निमार्ण गरिएको छ ।

’जाउ तिमी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया