क्रान्ति सुब्बा । हङकङ ।

हङकङ स्वास्थ्य बिभागले आज डिसेम्बर  १६ तारिख   बिहीबार १० थान कोभिड केस भित्रिएको  रिपोर्ट पेश गरेकोछ।  नेपालबाट डिसेम्बर १४ तारीख आएका यात्रु कोभिड संक्रमित पुष्ठि भएका आधारमा नेपाल एयरलाइन्सद्वारा सञ्चालित काठमाडौं-हङकङ  यात्रुवाहक उडानलाई हङकङ सरकारले दुई हप्ताको लागि प्रतिबन्ध लगाएको छ।

सिल्भर वेभ्स कोर्टमा बस्ने महिला ताइवानमा पोजिटिभ पुष्टि भएपछि अहिले सिल्भर वेभ्स कोर्टलाई अनिवार्य परीक्षणमा जानुपर्ने सुचिमा राखिएको छ।

२४ देखि ७६ वर्षका दुई पुरुष र दुई महिला मंगलबार नेपालबाट हङकङ उडान आरए ४०९ मार्फत आइपुगेका थिए र विमानस्थलमा हुने परिक्षणमा डेल्टा भेरिएन्टद्वारा  पोजेटिभ भएको पाइएको थियो  । २४ वर्षीया महिलामा अवतरण भएकै दिन लक्षण देखिएको थियो ।  अन्य तीन जना भने लक्षणहिन नै थिए ।

नेपालबाट आएका चार जना यात्रुमा यसरी कोभिड भेटिएपछि स्वास्थ्य विभागले डिसेम्बर १६ देखि २९ तारीखसम्म नेपालको उडानलाई प्रतिबन्ध  लगाएको हो।अन्य ६ वटा केसहरुमा डिसेम्बर १ तारीख  कार्गो जहाज ग्लोरी स्काई मार्फत जापानबाट यात्रा गर्दै हङकङ आइपुगेका एक ४७ वर्षीय नाविक रहेका थिए। जहाजमा संकलित उनको नमूनामा कोभिड भेरिएन्ट L452R भेटिएको थियो ।

जहाजमा रहेका समुद्री चालक दलका सदस्यहरू हङकङ आइपुगेपछि किनारमा नउत्री जहाजभित्र नै बसेका थिए र   कुनै पनि   स्थानीय व्यक्ति जहाजमा चढेका थिएनन। अब बाँकी सबै समुद्री चालक दलका सदस्यहरू जहाजभित्र  क्वारेन्टाइन बस्नुपर्छ र नियम अनुसार कोभिड परीक्षणहरू गर्नु पर्छ।

अर्को केसमा मङ्गलबार उडान CX776 मार्फत हङकङ आएकि एक  ३४ वर्षीय इन्डोनेसियाली  घरेलु कामदार रहेकी थिइन। उनमा भेरिएन्ट स्ट्रेन  L452R भेटिएको थियो र लक्षणविहीन थिइन।

त्यसपछि मंगलबार कतार हुँदै नेदरल्याण्डसबाट फ्लाइट QR818 मार्फत हङकङ आइपुगेकी एक ६७ वर्षीया महिलामा L452R म्युटेन्ट स्ट्रेन पोजेटिभ देखिएकी थिइन।

अर्का ३२ वर्षीय पुरुष गत शुक्रबार बेलारुस र लिथुआनियाबाट कतार हुँदै QR818 उडान मार्फत हङकङ पुगेका थिए।  उनमा आइतवार लक्षण देखा परेको थियो ।  र तुङ चुङ स्थित  शेराटन होटल हङकङको फोर प्वाइन्टमा क्वारेन्टाइन बसेको बखत  L452R म्युटेन्ट स्ट्रेनद्वारा पोजिटिभ भएका थिए ।

एक २६ वर्षीय विमान कर्मचारी पुरुष  बुधवार उडान 3S516 मार्फत जर्मनीबाट हङकङ आइपुगेका थिए । विमानस्थल आइपुगेपछि गरिएको परिक्षणमा L452R म्युटेन्ट स्ट्रेन उनमा देखा परेको थियो र लक्षणविहीन थिए ।

बाँकी रहेको आजको अर्को एउटा   केसमा केन्या, संयुक्त अरब इमिरेटस, भारत, युक्रेन र युगान्डाबाट बुधबार संयुक्त अरब इमिरेटस हुँदै उडान ACP502 बाट हङकङ आएका एक २७ वर्षीय विमान कर्मचारी पुरुष   रहेका थिए। आएकै दिन उनमा लक्षण देखा परेका थिए  र उनी भाइरसको रुपान्तरित संस्करण N501Y द्वारा पोजिटिभ भएका थिए ।

सेन्टर फर हेल्थ प्रोटेक्शनले ताइवानमा पोजिटिभ पुष्ठि भएकी मुइ वो स्थित  सिल्भर वेभ्स कोर्टमा बस्ने ५१ वर्षीया महिलाको केसलाई अहिले  अनुसन्धान गरिरहेको छ।

उनी नोभेम्बर ३० तारीख  हङकङमा नेगेटिभ आएकी थिइन र डिसेम्बर २ मा उडान CX494 मार्फत ताइवान गएकी थिइन।  सोही दिन ताइवानमा संकलन  गरिएको उनको नमूना नेगेटिभ आएको थियो।  आइतबारको परिक्षणमा कम भाइरल लोडका साथ उनी पोजिटिभ पुष्ठि भएकी हुन।

  इन्क्युबेशन अवधिमा उनले हङकङमा भ्रमण गरेको १४ स्थानहरूलाई अनिवार्य परीक्षणमा जानू पर्ने सुचीमा  समावेश गरिएको छ जस अन्तर्गत ६ नम्बर सेन्ट्रल पियर र हङकङ कल्चरल सेन्टर पनि  परेको छ।

माथि उल्लिखित  स्थानहरुमा निश्चित मिति र समयमा ज-जसले भ्रमण गरेका छ्न उनिहरुले यही  शुक्रबार सम्ममा  अनिवार्य कोभिड परीक्षण  गराइसक्नु पर्नेछ।

तपाईको प्रतिक्रिया