गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ ।  गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ ।

उक्त भिडियोमा अहिलेको चल्तीकी मोडेल गरीमा शर्मा फिचर्ड छिन । साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन । रोशनको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै रोशनको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक निशान बताउँछन ।  हरि बहादुर घलेको छायाङकन , शिशिर खातीको कोरीयोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन । भिडियोको पोस्ट प्रोडक्सन भने र्याड स्टुडियोमा गरिएको हो ।

राम्रो टिमसँग काम भएको र निकै मेहनत गरिएको कारणले पनि गायक काफ्ले यस गीत प्रति आशाबादी देखिएका छन । हुन त गायक कृष्ण  काफ्लेका  थुप्रै गीतहरू हिट छन । पर्ख पर्ख मायालु, देखन चम्पा , तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढाँटेर, हाने मैले झटारो, चाखुम चाखुम, माया बस्यो, ताला चाबी लगायत काफ्लेका हिट गीतहरू हुन् । कृष्ण काफ्लेलाई नेपाली फिल्म क्षेत्रमा एउटा बेग्लै पहिचान बनाउन सफल र बहु आयामिक गायकको रूपमा लिइन्छ । यसो त गायिका समीक्षा पनि अहिलेकी चल्ती गायिका हुन । दर्जनौँ गीतमा आवाज दिइसकेकी उनको प्राय गीतहरू हिट छन ।

भिडियो लिङक

तपाईको प्रतिक्रिया