क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा डिसेम्बर २० तारिख  सोमबार थप पाँच वटा ओमिक्रोन भेरिएन्ट केस पुष्टि भएका छन भने  थप सात आयातित केसहरू रिपोर्ट भएका छन।

आइतवारको उडानमा हङकङ आएका तीनजना यात्रुहरूमा  कोभिड-१९ पुष्टि भएपछि डिसेम्बर २० देखि जनवरी २, २०२२ सम्म न्यूयोर्कबाट आउने क्याथे प्यासिफिकको उडानमाथि हङकङले प्रतिबन्ध लगाएको छ।

ओमिक्रोन भेरिएन्टहरु सप्ताहन्तमा रिपोर्ट भएका पाँचवटा आयातित केसभित्रबाट पुष्टि भएका हुन जसमा चार महिला र एक पुरुष २६ देखि ७७ वर्षका  समावेश थिए। तिनीहरू इटाली, युनाइटेड किंगडम र नाइजेरियाबाट आएका थिए।

उक्त पाँचवटा केस थपिएपछि हङकङमा ओमिक्रोन केसहरूको कुल संख्या १९ पुगेको छ।

सोमबार नै सात आयातित केसहरू रिपोर्ट भएकाछन। जसमा पाँच जनामा  N501Y म्युटेन्ट स्ट्रेन भेटिएको थियो । म्युटेन्ट स्ट्रेन देखिनु  ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुनसक्ने सूचक हुन।

तिनीहरूको विवरण यस्तो छ:

– एक २२ वर्षीय पुरुष जो अनिवार्य परीक्षणको सुचीमा परेका थिए । उनी डिसेम्बर ७ मा हङकङबाट पोल्याण्ड गएका थिए । उनि  गत शनिबार पोल्याण्ड र जर्मनीबाट कतार हुँदै QR818 उडानबाट हङकङ फर्किएका थिए  र आइपुग्दा गरिएको टेस्टमा पोजिटिभ पुष्ठि भएका थिए ।
– गत शनिबार उडान VS206 मार्फत UK बाट हङकङ आइपुगेकी २८ वर्षीया महिला अवतरण गरेपछि गरिएको  परीक्षणपछि पोजिटिभ देखिएकी हुन।

– एक २२ वर्षीय पुरुष गत शनिबार उडान CX216 मार्फत बेलायतबाट हङकङ आइपुगेपछि  गरिएको  परीक्षणबाट पोजिटिभ पुष्ठि भएको हो।

– गत शुक्रबार जापान हुँदै संयुक्त राज्य अमेरिकाबाट JL735 उडानमा हङकङ आएका ६८ वर्षीय पुरुष पेन्नी  बे क्वारेन्टाइन सेन्टरमा परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको हो ।

अमेरिकाबाट आइतवार उडान CX845 मार्फत आइपुगेका १८ वर्षीया महिला र ७८ वर्षीय पुरुष दुवै विमानस्थलमा  आइपुग्दा गरिएको परिक्षणबाट  पोजेटिभ साबित भएको थियो ।  महिलाले N501Y म्युटेन्ट स्ट्रेन बोकेकी थिइन। ७८ वर्षीय वृद्धले L452R संस्करण  बोकेका थिए ।

बाँकी केसमा एक ३३ वर्षीय पुरुष थिए जसले गत बिहीबार उडान VS206 मार्फत बेलायतबाट हङकङ आएका थिए । उनी चिम शा चुइ   स्थित हलिडे इन गोल्डेन माइल हङकङमा पोजिटिभ पुष्टि भएका हुन।

तपाईको प्रतिक्रिया