१७ डिसेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा ओमिक्रोन कोरोनाभाइरस भेरिएन्टका थप दुई केस थपिएका छन। यी दुई केस समेत गरेर हङकङमा ओमिक्रोन केस  संख्या अहिलेसम्म ११ पुगेको छ।

डिसेम्बर १७ तारीख  शुक्रबार पुष्टि भएका सात आयातित केसहरुमा  एक जना ओमिक्रोनधारी पनि परेका छन।

उक्त ओमिक्रोन संक्रमित बिरामी वर्ष ४१ का एक कार्गो उडान चालक दलका सदस्य हुन  जो बुधबार संयुक्त अरब इमिरेटस हुँदै उडान ACP502 मार्फत हङकङ आइपुगेका थिए। उनको फ्लाइट  केन्या, युगान्डा र भारत पनि गएको थियो ।

लक्षणहिन(एसिम्प्टोमेटिक) ती ओमिक्रोन बिरामीको एन्टिबडी टेस्ट पोजिटिभ आएको थियो ।

स्वास्थ्य अधिकारीहरूले भने अनुसार  उनी गत वर्ष जुलाईमा पनि कोरोनाभाइरसद्वारा संक्रमित भएर हङकङ  आएका थिए र यस वर्षको सुरुमा केन्यामा एस्ट्राजेनेकाको पूर्ण  खोप लगाएका थिए ।

बिहीबार कोभिड–१९ पुष्टि भएका उनका वर्ष २७ का  सहकर्मी पनि ओमिक्रोनबाट संक्रमित भएको  देखिएको थियो ।

उनी बुधबार ACP502  फ्लाइटबाट हङकङ आइपुगेका थिए ।  उनले सेप्टेम्बरमा मोडर्ना भ्याक्सिन पाएका थिए।

बिहीबार कोरोनाभाइरस पुष्ठि भएका क्याथे प्यासिफिक कार्गो पायलटको संबन्धमा  स्वास्थ अधिकारीहरू अझै पनि उनीसँग ओमिक्रोन भेरिएन्ट छ कि भनेर पुष्टि गर्ने प्रयासमा लागी रहेछन।

बिरामी बस्ने याउ मा तेइको च्यङ हिङ भवनमा बस्ने र सोही भवनमा काम गर्नेहरूलाई थप अनिवार्य परीक्षण गर्नुपर्ने अधिकारीहरूले बताए।

तपाईको प्रतिक्रिया